Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशत वृद्धि, यस्ता छन् अन्य सूचक

एनआईसी एशिया बैंकको नाफा १०.५३ प्रतिशत वृद्धि, यस्ता छन् अन्य सूचक
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 70
विज्ञापन
Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले चालु आवको पहिलो तीन महिनामा गत आवको सोही अवधिको तुलनामा नाफा बढाएको छ । यो अवधिमा बैंकको नाफा १०।५३ प्रतिशतले बढेर १२ करोड ६० लाख २१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ११ करोड ५ लाख २६ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी केही घटेको छ भने सञ्चालन नाफा बढेको छ । बैकको खुद ब्याज आम्दानी २ अर्ब ५५ करोड २५ लाख रुपैयाँबाट घटेर २ अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन नाफा १७ करोड ३८ लाख ६५ हजार रुपैयाँबाट बढेर १९ करोड ३५ लाख २२ हजार रुपैयाँ पुगेको छ । असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ६ अर्ब २४ करोड ८२ लाख १३ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

१४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २० अर्ब ९७ करोड ८१ लाख ३६ हजार रुपैयाँ छ । बैंकले ३ खर्ब ३७ अर्ब ३१ करोड ४८ लाख ८९ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब १२ अर्ब २२ करोड १८ लाख ५ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

असोज मसान्तसम्म बैंकको खराब कर्जा २.०८ प्रतिशतबाट घटेर १.७४ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३.२१ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १९८.७४ रुपैयाँ रहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit