Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नबिल बैंकले सार्वजनिक गर्‍यो फोन लोन नतिरेका ७४ जनाको नाम

नबिल बैंकले सार्वजनिक गर्‍यो फोन लोन नतिरेका ७४ जनाको नाम
विज्ञापन
Advertisement

काठमाडौं । नबिल बैंकले फोन लोनमा कर्जा लिएर नतिर्ने ७४ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले फोनमार्फत ऋण लिएर साँवा र ब्याज नतिर्ने ऋणीहरूको नाम सार्वजनिक गरेको हो । साथै, बैंकबाट फोन लोन उपभोग गरेका ऋणीहरूलाई कर्जा चुक्ता गर्न ताकेता समेत गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकहरूले पछिल्लो समय सुरु गरेको फोन लोन’ कर्जा सेवा मार्फत दुई लाख रूपैयाँसम्मको कर्जा बैंक नै नपुगी फोन मार्फत् लिन सकिन्छ।

यो सुविधा नेपालमा पहिलो पटक नबिल बैंकले सुरू गरेको हो। बैंकहरूमा खाता रहेकाहरूलाई उनीहरूको प्रणालीले गर्ने विश्लेषणको आधारमा कर्जा लिन योग्य रहने नरहेको हेरेर कर्जा दिइने व्यवस्था छ । कर्जा रकम ऋणीको बैंकमा रहेको निक्षेप खातामै जम्मा हुन्छ। कतिपय बैंकले धितो नलिई एक हजारदेखि दुई लाख रूपैयाँसम्म यस्तो कर्जा दिइरहेका छन्। किस्ताबन्दीमा दिइने कर्जा बैंकअनुसार १५ हजारदेखि दुई लाखसम्म रहने गरेको पाइन्छ।

यस्तै प्रक्रियामा नबिल बैंकबाट कर्जा लिएका ७४ जनाले कर्जा नतिरेको भन्दै नाम सार्वजनिक गरेको छ। पटक–पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत
पैसा नतिरी बैंकमा सम्पर्क समेत नगरेको हुँदा ३५ दिनभित्र ऋण चुक्ता गर्न बैंकले सूचना प्रकाशित गरेको छ ।

बैंकले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कर्जा तिर्न सम्पर्कमा आउन ऋणीलाई जानकारी गराएको छ। सम्पर्कमा नआए ऋणीलाई कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ। ऋण नतिर्ने ऋणीलाई पनि कालो सूचीमा राख्न सकिने व्यवस्था छ। यस्तो सूचीमा परेकाहरूले सूचीबाट नबाहिरीदासम्म बैंकिङ कारोबार गर्न समस्या हुन्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit