Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल राष्ट्र बैंक गभर्नर छनोट समिति पूर्ण, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्यमा नियुक्त

नेपाल राष्ट्र बैंक गभर्नर छनोट समिति पूर्ण, निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्यमा नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं ।नेपाल राष्ट्र बैंकको गभर्नर छनोट समितिले पूर्णता पाएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई समिति सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

पूर्वगभर्नर विजयनाथ भट्टराईले वैशाख ९ गते राजीनामा दिएपछि रिक्त भएको स्थानमा अधिकारीलाई नियुक्त गरिएको हो। अधिकारीलाई गभर्नर चयनको जिम्मेवारी दिइएको एक मन्त्रीले जानकारी दिएका छन्।

भट्टराईले समिति संयोजक अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एकपल्ट पनि बैठक नबोलाएको र आफू ूरबर स्टाम्पू बन्न नसक्ने भन्दै राजीनामा दिएका थिए। समितिमा अर्का सदस्यका रूपमा डा। विश्व पौडेल छन्।

नेपाल राष्ट्र बैंक ऐनअनुसार गभर्नर छनोट समितिमा एक जना पूर्वगभर्नर अनिवार्य सदस्य हुनुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार सरकारले अधिकारीलाई समितिमा ल्याएको हो।

गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएपछि राष्ट्र बैंक नेतृत्व रिक्त छ। करीब एक महिनासम्म गभर्नर नियुक्ति हुन नसक्नुमा नेकपा एमाले र नेपाली कांग्रेसबीचको मतभेद मुख्य कारण मानिएको छ।

त्यसैबीच, गभर्नर नियुक्तिसम्बन्धी मापदण्ड संशोधनविरुद्ध दायर मुद्दामा सर्वोच्च अदालतले बुधबार मापदण्ड कार्यान्वयन नगर्नु भन्ने अन्तरिम आदेशलाई निरन्तरता दिएको छ। कार्यकारी निर्देशक डा. गुणाकर भट्टको योग्यता नपुग्ने भनेर दायर गरिएको पूरक निवेदन भने सर्वोच्चले अस्वीकृत गरेको छ।

पछिल्लो समय सत्तारूढ दलहरूबीच डा। भट्टलाई गभर्नर बनाउने सहमति बनेको बताइएको छ। तर, भट्टले कार्यकारी निर्देशक पदबाट दिएको राजीनामा कार्यवाहक गभर्नर डा. नीलम ढुंगाना तिम्सिनाले अझै स्वीकृत गरेकी छैनन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit