Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ललितपुर सुन–चाँदी व्यवसायी संघको १३औँ वार्षिक साधारण सभा सम्पन्न

ललितपुर सुन–चाँदी व्यवसायी संघको १३औँ वार्षिक साधारण सभा सम्पन्न
विज्ञापन
Advertisement

काठमाडाैं । ललितपुर सुन–चाँदी व्यवसायी संघको १३औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। संघले आयोजित सभाको उद्घाटन सत्रमा ललितपुरका विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको विशेष उपस्थिति रहेकाले कार्यक्रम अझै महत्वपूर्ण बनेको थियो। सुरक्षा चुनौति, बजारमा सुरक्षित कारोबार र सहकार्यका सम्भावनाबारे व्यवसायी र सुरक्षा निकायबीच अर्थपूर्ण छलफल भएको संघले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

सभामा संघका अध्यक्ष सुविन बज्राचार्यले विगत वर्षका गतिविधि, आर्थिक विवरण र आगामी वर्षका योजनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरे। उनले संघले सुन–चाँदी बजारलाई व्यवस्थित, सुरक्षित र पारदर्शी बनाउन निरन्तर काम गर्दै आएको उल्लेख गर्दै व्यवसायीहरूको हित संरक्षण संघको प्रमुख प्राथमिकता रहेको बताए।

साधारण सभामा आर्थिक वर्षको आय–व्यय तथा लेखापरीक्षण प्रतिवेदन, आगामी वर्षका नीति–दिशा र कार्ययोजना, सुन–चाँदी बजारमा बढ्दो सुरक्षा जोखिम, गुणस्तर मापदण्ड तथा व्यवसायिक पारदर्शिताबारे विस्तृत छलफल भयो। साथै, संघको ५औँ अधिवेशनमार्फत नयाँ नेतृत्व चयन प्रक्रियासमेत सम्पन्न गरिएको संघले जनाएको छ।

सुरक्षा निकायका प्रतिनिधिहरूले ललितपुरमा सुन–चाँदी कारोबार अत्यधिक संवेदनशील रहेकाले सुरक्षा व्यवस्था घटबढ हुन नदिने, घटनामा छिटो प्रतिक्रिया दिने र व्यवसायीहरूसँग निरन्तर समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको अन्त्यमा संघले सहभागी सबै अतिथि, सदस्य तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै आगामी वर्षमा अझ प्रभावकारी, परिणाममुखी तथा व्यवसायी–मैत्री कार्यक्रम सञ्चालन गर्ने संकल्प व्यक्त गर्यो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit