Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

लुम्बिनी विकास बैंक एनसीएचएलको ‘नेपाल पे कार्ड’ मा आबद्ध

लुम्बिनी विकास बैंक एनसीएचएलको ‘नेपाल पे कार्ड’ मा आबद्ध
विज्ञापन
Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस–एनसीएस तथा नेपाल पे कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

उक्त सम्झौतामा लुम्बिनी विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधार तयारी पूरा भएको घोषणा गरी बैंक तथा वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम, नेपाल पे कार्ड, इसुइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेको थियो ।

सम्झौतापछि लुम्बिनी विकास बैंकले अब नेपाल पे कार्डमा ग्राहकको कार्ड इस्यु र अक्वायर गर्न सक्ने छ ।

एनपीएस एनसीएस लाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गर्न लागिएको बैंकले जनाएको छ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेश सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit