Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कजारियाको नयाँ शोरुम गैंडाकोटमा उद्घाटन, नेपालमा विस्तारलाई दियो थप गति

कजारियाको नयाँ शोरुम गैंडाकोटमा उद्घाटन, नेपालमा विस्तारलाई दियो थप गति
विज्ञापन
Advertisement

 काठमाडाैं । भारतको नम्बर १ टायल कम्पनी कजारियाले नेपालमा आफ्नो उपस्थिति थप मजबुत बनाउने लक्ष्यसहित गैंडाकोट, नवलपुरमा अत्याधुनिक नयाँ शोरुम उद्घाटन गरेको छ। न्यू राजस्थानी मार्बल एण्ड टाइल्स सप्लायर्सद्वारा सञ्चालित यस शोरुमले नेपालका उपभोक्तालाई उच्च गुणस्तर, आकर्षक डिजाइन र दीगो टायलहरूको सहज पहुँच प्रदान गर्ने उद्देश्य लिएको छ।

विज्ञापन
Advertisement
Advertisement

उद्घाटन समारोहको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन थिए। कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका क्षेत्रीय सेल्स प्रतिनिधि श्री विकास गौतम र राष्ट्रिय प्रबन्धक अभ्याश भूषण तिवारीको पनि विशेष उपस्थिति रहेको थियो। प्रमुख अतिथि भट्टचनले रिबन काटी सोरुमको औपचारिक उद्घाटन गरे।

समारोहमा बोल्दै राष्ट्रिय प्रबन्धक तिवारीले कजारियाको नेपालमा विस्तारप्रति उत्साह व्यक्त गर्दै भने, ‘हाम्रो लक्ष्य भनेको आर्किटेक्ट, निर्माण व्यवसायी तथा घरधनीहरूलाई टिकाउ, आकर्षक र उच्च गुणस्तरका टायलहरू प्रदान गर्नु हो, जसले कार्यक्षमता र डिजाइन दुवैमा नयाँ मापदण्डहरू स्थापित गर्छ।’

नवलपुरको व्यस्त व्यापारिक केन्द्र गैंडाकोटमा अवस्थित यो शोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रहमार्फत ग्राहकहरूलाई सेवा दिनेछ। यसले नेपालभर टायल्सलाई सहज रूपमा उपलब्ध गराउने कजारियाको दीर्घकालीन लक्ष्यमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कजारिया रमेश टाइल्स लिमिटेड, भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेड र रमेश कर्पबीचको संयुक्त लगानीमा स्थापना भएको कम्पनी हो। यसले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरिसकेको छ, जसले वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ। करिब ४०० करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको यो प्लान्टले नेपाललाई टायल्समा आत्मनिर्भर बनाउने मात्र होइन, स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान गर्ने र हजारौं रोजगारी सृजना गर्ने विश्वास गरिएको छ।

शोरुमको उद्घाटनसँगै कजारियाले नेपालमा आफ्नो बजार उपस्थिति विस्तार गर्दै, उच्च गुणस्तरका निर्माण सामग्रीलाई नेपाली उपभोक्तासम्म पुर्‍याउने आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit