Advertisement
Advertisement
Corporate Samachar
१५ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

जस्मिन पेन्ट्स र क्यानबीच दुई मुख्य क्रिकेट ग्राउण्ड सुधार गर्न पेन्ट उपलब्ध गराउने साझेदारी

जस्मिन पेन्ट्स र क्यानबीच दुई मुख्य क्रिकेट ग्राउण्ड सुधार गर्न पेन्ट उपलब्ध गराउने साझेदारी
विज्ञापन
Advertisement

काठमाडौं । जस्मिन पेन्ट्सले नेपाल क्रिकेट संघ (क्यान) सँगको साझेदारीलाई जारी राखेको छ। नेपाली क्रिकेटप्रतिको आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै कम्पनीले साझेदारी मार्फत नेपालका महत्वपूर्ण क्रिकेट मैदानहरूका लागि उच्च गुणस्तरका पेन्ट र कोटिङ उपलब्ध गराई क्रिकेटको विकासमा साथ दिँदै आएको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

यस प्रतिबद्धता अनुरुप जस्मिन पेन्ट्सले देशका दुई प्रमुख क्रिकेट मैदान, टीयू क्रिकेट ग्राउण्ड र मुलपानी क्रिकेट ग्राउण्ड सुधार गर्न प्रिमियम क्वालिटीका पेन्ट तथा कोटिङ प्रदान गरेको छ। यी दुवै मैदानहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि महत्वपूर्ण स्थल भएकाले खेलाडी र दर्शकका लागि अझ सफा, उज्यालो र आकर्षक वातावरणको निर्माणमा सहयोग गर्न पाउँदा गर्व लागेको जस्मिन पेन्ट्स जनाएको छ ।

यी मैदानहरूमा नयाँ रङ भरेर जस्मिन पेन्ट्सले नेपालीहरूको क्रिकेटप्रतिको उर्जा, उत्साह र जोशमा थप चमक ल्याएको कम्पनीको भनाइ छ । जस्मिन पेन्ट्सले राष्ट्रप्रतिको योगदान र मानिसहरूलाई एकताबद्ध बनाउने खेललाई सघाउने एक माध्यमका रूपमा साझेदारीलाई लिएको जनाएको छ।

कम्पनीले भनेको छ, ‘राम्रो पूर्वाधारले खेललाई अझै उचाइमा लैजान मद्दत गर्ने, उदयीमान खेलाडीहरूले सिक्ने र प्रतिस्पर्धा गर्ने मैदानको सुधारमा भूमिका खेल्न पाउनु गर्वको विषय हो भन्नेमा जस्मिन पेन्ट्स विश्वस्त छ।’

नेपाललाई पेन्ट तथा कलर उत्पादनमा आत्मनिर्भर बनाउने दृष्टिकोणसहित तीन दशक अघि स्थापना भएको जस्मिन पेन्ट्स लिमिटेड पूर्णतया स्वदेशी नेपाली ब्रान्ड हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit