Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

अल्पविकसित देशहरूको विकासका लागि अन्तरराष्ट्रिय सहयोग अपरिहार्य छ :नेपाल

अल्पविकसित देशहरूको विकासका लागि अन्तरराष्ट्रिय सहयोग अपरिहार्य छ :नेपाल
विज्ञापन
Advertisement

काठमाडौं । अल्पविकसित देशहरूको विकासका लागि अन्तरराष्ट्रिय समुदायबाट निन्तर सहयोग हुनुपर्नेमा नेपालले जोड दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अल्पविकसित राष्ट्रहरूको वैश्विक समन्वय ब्यूरोको अध्यक्ष नेपालका तर्फबाट परराष्ट्रसचिव अमृतबहादुर राईले मङ्गलबार दोहामा आयोजित अल्पविकसित देशहरूको दिगो विकास एवं साझेदारीसम्बन्धी उच्चस्तरीय बैठकमा उक्त कुरामा जोड दिएका हुन् ।

दोहास्थित नेपाली राजदूतावासका अनुसार सचिव राईले अल्पविकसित देशहरूको आर्थिक उन्ननयनका निम्ति अन्तरराष्ट्रिय बजारसम्म पहुँच विस्तार, संरचनात्मक अवरोधहरूको अन्त्य तथा अन्तरराष्ट्रिय समुदायबाट अधिकभन्दा अधिक स्रोत साधनको उपलब्धता निश्चित हुनुपर्नेमा जोड दिए ।

कृषि, जलविद्युत्, पर्यटन, निर्माण, सूचना तथा सञ्चार प्रविधि र मानव संशाधनका क्षेत्र नेपालको आर्थिक रुपान्तरणका अपार सम्भावना भएका क्षेत्र हुन् भन्दै सचिव राईले तिनमा लगानी गर्न अन्तरराष्ट्रिय समुदाय र नेपालको विकासका साझेदारहरूका साथै संयुक्त राष्ट्रसङ्घ एवं यसका विशिष्टिकृत संस्थाहरूसँग सहकार्य गर्न नेपाल सरकारले चाहेको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit