Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत

भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत
विज्ञापन
Advertisement

भरतपुर । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु पाँच अर्ब ५१ करोड ७० लाख २३ हजारको बजेट प्रस्तुत गरेको छ । महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले आज उक्त बजेट सार्वजनिक गरे ।

विज्ञापन
Advertisement
Advertisement

महानगरले आगामी आवको बजेटमा अन्तर सरकार वित्तीय हस्तान्तरणबाट (सङ्घ र प्रदेशतर्फ) रु दुई अर्ब १७ करोड ७३ लाख ९८ हजार, सङ्घ राजश्व बाँडफाँटबाट रु ३३ करोड १२ लाख ६४ हजार, बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट रु १३ करोड ४० लाख ६१ हजार, नगर विकास कोषबाट रु चार करोड, जनसहभागिताबाट रु तीन करोड, बैंक मौज्दात रु ७४ करोड ५० लाख, सडक बोर्ड नेपालबाट रु एक करोड ९३ लाख रहने अनुमान गरेको छ । महानगरले चालु आर्थिक वर्षको बजेट रु पाँच अर्ब २२ करोडको बजेट ल्याएको थियो ।

नगरसभामा नीति तथा कार्यक्रम पेस गर्दै कार्यवाहक नगरप्रमुख अधिकारीले चालु आर्थिक वर्षमा पुँजीगत खर्च कम हुँदा विकास निर्माण सुस्ताएको र राजश्व सङ्कलनको लक्ष्यमा केही धक्का पुगेको बताउनुभयो । चालु आवमा महानगरले आन्तरिक आयतर्फ रु एक अर्ब ८० करोडको लक्ष्य राखेको छ ।

महानगरले सहरी पूर्वाधार, कृषि तथा पशुविकास, शिक्षा, स्वास्थ्य र खानेपानीमा प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । बजेटले ‘दिगो पूर्वाधार, समृद्धिको आधार’ भन्ने नारालाई आत्मसात गरेको नगरप्रमुख अधिकारीले बताए ।

सार्वजनिक निजी साझेदारीमा फोहर मैला प्रशोधन केन्द्र स्थापना, निकुञ्जसँग जोडिएको बस्तीमा जङ्गली जनावरलाई छेकबार लगाउन फाउण्डेशनसहित मेसजाली निर्माण, आयुर्वेद अस्पताल निर्माण र भरतपुरलाई साइकल लेन बनाउने कामलाई जारी राख्ने जस्ता विषय नीति तथा कार्यक्रममा समेटिएका छन् । यस्तै महानगरले रामपुरको निर्माणधीन क्रिकेट रङ्गशाला निर्माणका लागि १४ करोड रुपैयाँ छुट्याएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit