Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

तराईमा ‘हिटवेभ’ को सम्भावना, स्वास्थ्य सुरक्षाका उपाय अपनाउन विभागको आग्रह

तराईमा ‘हिटवेभ’ को सम्भावना, स्वास्थ्य सुरक्षाका उपाय अपनाउन विभागको आग्रह
विज्ञापन
Advertisement

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा तातो हावा (हिटवेभ) चल्ने सम्भावना रहेको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

विभागले सार्वजनिक गरेको दैनिक मौसम पूर्वानुमानअनुसार सोमबार गण्डकी र बागमती प्रदेशका तराई भूभागमा भने तापमान वृद्धिको अनुमान गरिएको छ । देशका विभिन्न पहाडी र हिमाली जिल्लामा भने मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। पोखरा, काठमाडौं, ओखलढुङ्गा, धनकुटा, विराटनगर, धरान, जिरी र ताप्लेजुङलगायतका क्षेत्रमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।

विभागका अनुसार, काठमाडौं उपत्यकामा आज दिउँसो तथा राति मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना ४० प्रतिशत रहेको छ।उपत्यकाको अधिकतम तापक्रम २९ देखि ३१ डिग्री सेल्सियस तथा न्यूनतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियस रहने अनुमान छ ।

यता धनगढीमा ३८ देखि ४० र नेपालगञ्जमा ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने पूर्वानुमान गरिएको छ। वीरगञ्ज, भैरहवा र घोराहीमा गर्मी र चर्को घाम रहने छ ।

विभागले तातो लहरको प्रभाव पर्ने क्षेत्रमा अत्यावश्यक काम बाहेक दिउँसो घाममा धेरै समय नबस्न र प्रशस्त पानी पिउन तथा जन स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit