Advertisement
Advertisement
Corporate Samachar
१० कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

साइबर सुरक्षा जोखिमपछि कृषि विकास बैंकको अनलाइन सेवा सुचारु, खाता खोल्ने सुविधा अझै बन्द

साइबर सुरक्षा जोखिमपछि कृषि विकास बैंकको अनलाइन सेवा सुचारु, खाता खोल्ने सुविधा अझै बन्द
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । कृषि विकास बैंकले साइबर सुरक्षा जोखिमका कारण अस्थायी रूपमा बन्द गरिएका आफ्ना बैंकिङ सेवालाई पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकका अनुसार विश्वव्यापी रूपमा वेबसाइट सञ्चालनमा प्रयोग हुने पीएचपी प्रविधिमा देखिएको सुरक्षा कमजोरीलाई मध्यनजर गर्दै सम्भावित जोखिम न्यूनीकरणका लागि केही अनलाइन सेवा अस्थायी रूपमा बन्द गरिएको थियो ।

बैंकले बन्द गरिएका वेबसाइट तथा अन्य प्लेटफर्ममा प्रयोग भएको पीएचपीको अद्यावधिक संस्करणका कारण उक्त सुरक्षा जोखिमबाट असर नपरेको जनाएको छ। आवश्यक प्राविधिक सुरक्षा जाँच तथा परीक्षणसमेत सम्पन्न भइसकेकाले बैंकिङ सेवाहरू पुनः सञ्चालनमा ल्याइएको बैंकको भनाइ छ । यद्यपि, बैंकको अनलाइनमार्फत खाता खोल्ने सुविधा भने नयाँ संस्करणमा स्तरोन्नति गर्ने प्रक्रिया जारी रहेकाले तत्काल पूर्ण रूपमा सञ्चालनमा आउने छैन। बैंकले उक्त सुविधालाई थप सुरक्षित र परिष्कृत बनाएर निकट भविष्यमा पुनः सञ्चालनमा ल्याउने जनाएको छ ।

वेबसाइट तथा अनलाइन सेवा सञ्चालनमा प्रयोग हुने पीएचपी प्रविधिमा गम्भीर सुरक्षा कमजोरी देखिएपछि नेपालका विभिन्न बैंक तथा सरकारी निकायले सम्भावित साइबर आक्रमणबाट जोगिन आफ्ना केही डिजिटल सेवा अस्थायी रूपमा बन्द गरेका थिए । सुरक्षा अद्यावधिक र प्राविधिक परीक्षणपछि केही बैंकहरुले यस अघि नै सेवा सुचारु गरिसकेका छन् भने केहिले प्रभावित प्रणालीहरू क्रमशः पुनः सञ्चालनमा ल्याउने क्रमलाई निरन्तरता दिएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit