काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
बैंकको आज बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ३.४० प्रतिशत बोनस शेयर र ४.८५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो। बैंकको हाल कायम ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार ३९० रुपैयाँ ७२ पैसा चुक्ता पुँजीका आधारमा उक्त लाभांश वितरण गरिनेछ।
प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि आगामी ३३औँ वार्षिक साधारणसभामा प्रस्ताव पेस गरिने र सभाबाट पारित भएपछि शेयरधनीले लाभांश प्राप्त गर्नेछन्।














प्रतिक्रिया दिनुहोस्