Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुनको मूल्य १७ सय रुपैयाँले गिरावट, तोलाको कति ?

सुनको मूल्य १७ सय रुपैयाँले गिरावट, तोलाको कति ?
विज्ञापन
Advertisement

काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको सुनको भाउमा आज केही गिरावट देखिएको छ। सोमबारको तुलनामा मंगलबार प्रतितोला १ हजार ७ सय रुपैयाँले सुनको मूल्य घटेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला २ लाख ५९ हजार रुपैयाँ तोकेको छ। अघिल्लो कारोबार दिन त्यति नै परिमाणको सुन २ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको थियो । सोमबार हालसम्मकै महँगो मूल्यको कीर्तिमान बनेको सुनको भाउमा आज भने केही कमी आएको हो ।

यस्तै आज, चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर ३ हजार ८८५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन सोही परिमाणको चाँदी ३ हजार ८७० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit