Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

मङ्सिरसम्म राजस्व सङ्कलन लक्ष्यभन्दा १.११ खर्ब रुपैयाँले कम, गत वर्षको तुलनामा सुधार

मङ्सिरसम्म राजस्व सङ्कलन लक्ष्यभन्दा १.११ खर्ब रुपैयाँले कम, गत वर्षको तुलनामा सुधार
विज्ञापन
Advertisement

काठमाडौं । चालु आवको मङ्सिर महिनासम्मको राजस्व सङ्कलन लक्ष्यभन्दा कम भए पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिना सकिँदा ४ खर्ब ९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । मंसिरसम्म ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य तय गरेकोमा सरकारले मंसिर २९ गते सम्म कुल ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ मात्र राजस्व संकल गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

जुन लक्ष्य भन्दा एक अर्ब ११ अर्ब ४४ करोड (२१.२६ प्रतिशत कम) अर्थात् ७८.७४ प्रतिशत मात्र राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयले चालु आवमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ।

यसैबीच मंसिर महिनामा मात्र ९५ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा उक्त लक्ष्य भन्दा करिब १५ अर्ब रुपैयाँ कम (८० अर्ब २७ करोड) अर्थात् ८४.३१ प्रतिशत मात्र राजस्व संकलन भएको छ । यद्यपी मंसिर २९ गते एकै दिन कुल ३ अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ मा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखेको थियो । समीक्षा अवधिमा गत वर्ष मंसिरसम्मको लक्ष्य ४ खर्ब ९५ अर्ब २ करोड रहेकामा ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व उठाएको थियो । गत वर्ष मंसिर महिनाको कुल राजस्व सङ्कलन ७६ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit