Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

शिखर इन्स्योरेन्सका कारण चार हजार स्याउ किसान प्रभावित

शिखर इन्स्योरेन्सका कारण चार हजार स्याउ किसान प्रभावित
विज्ञापन
Advertisement

जुम्ला । शिखर इन्स्योरेन्स बिमा कम्पनी शाखा कार्यालय जुम्लाले स्याउ बिमा गरेका अधिकांश किसानका बगैँचा अनुगमन नगर्दा स्थानीय स्याउ किसान प्रभावित भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बिमा कम्पनीले दुई वर्षअघि गरेको बिमाबापत पाउने रकम भुक्तानी नदिँदा जिल्लाका करिब चार हजार स्याउ किसान प्रभावित भएका हुन् । बिमित पक्षका अनुसार कम्पनीको जुम्ला कार्यालयले वास्तविक मूल्याङ्कन गर्नेक्रममा स्थानीय स्याउ बगैँचाको स्थलगत लागत सङ्कलन गरी कागजात अघि बढाए पनि बिमाबापत पाउनुपर्ने रकम दिन आलटाल गरी किसानलाई दुःख दिने काम भइरहेको छ ।

लागत सङ्कलनका क्रममा छुटेका किसानका बगैँचामा अहिलेसम्म पनि अनुगमनमा नहुँदा बिमा भुक्तानी प्रक्रिया अनिश्चित बनेको हो। बिमा कम्पनीले जुम्लाका करिब पाँच हजार स्याउ किसानलाई बिमाबापतको रकम भुक्तानी दिन आलटाल गरेपछि स्याउ किसान आक्रोशित बनेका हुन् । स्याउको भुक्तानी दिन ढिलो भएकामा चिन्ता व्यक्त गर्दै खलङ्गा बजारस्थित शिखर कम्पनीको कार्यालयमा बिमित पक्ष धाइरहेका देखिन्छन् ।

तीला गाउँपालिका–२ बाट स्याउ बिमा भुक्तानीकोबारे बुझ्न आएका स्थानीयवासी राम रावतले भने, ‘श्रीमतीको नाममा २०० बिरुवाको बिमा गर्नेक्रममा नौ हजार तिरेको छु। स्याउका बिरुवा अनुगमन गर्न कम्पनीका तर्फबाट गाउँ–गाउँमा मानिस आए तर मेरामा आएनन् । कम्पनीकै कारण बिमाबापतको भुक्तानी पाउन कठिन भएको छ । किसान मारमा परेका छौँ, यसको सुनुवाइ हुनुपर्यो ।’

यस्तै तीला गाउँपालिका–१ राराका स्थानीयवासी सुन्दरी पाण्डे (रावत) ले २५० बिरुवा बिमा गर्दा नौ हजार तिरेको, भुक्तानीका लागि सबै कागजात पेस गर्दा पनि रकम पाउन नसकेको र कम्पनीमा सम्पर्क गर्दा बगैँचा अनुगमन नभएको भन्ने गैरजिम्मेवार जवाफ सुन्न परेको बताइन्। उनले छुटेका बिमितहरुका तर्फबाट निवेदन प्राप्त भएपछि स्याउ बगैँचा अनुगमन गरी रकम भुक्तानी दिने कम्पनीको भनाइबमोजिम स्थानीय वडाको सिफारिसउयहत निवेदन दिएको एकहप्ता भइसक्दा पनि कुनै सुनुवाइ नभएकोमा गुनासो गरिन् ।

बिमितहरूबाट दिनहुँ आइरहने गुनासोका सम्बन्धमा बिमा कम्पनीका कर्मचारी केन्द्रीय कार्यालयमा पेस गरिएको फाइल सदर भई आउनसाथ सम्बन्धित सबै किसानको भुक्तानी दिइने बताउँछन् । यसै सन्दर्भमा जुम्लास्थित शिखर इन्स्यारेन्स कम्पनीका कार्यालय प्रमुख लक्ष्मण काफ्लेले बगैँचा अनुगमनका क्रममा सम्पर्कमा नआएका किसानलाई रकम भक्तानी दिन नसकिएको स्पष्ट गर्दै व्यक्तिगत निवेदन र वडाको सिफारिसका आधारमा अनुगमन गरी स्याउ किसानलाई बिमाबापतको रकम दिने प्रतिबद्धता व्यक्त गरे ।

सो कम्पनीले जुम्लामा पाँच हजार ३७९ जना किसानले स्याउको बिमा गरेकामा हालसम्म ६५५ जनाले मात्र क्षतिपूर्ति पाएका छन् । ९४७ जनाको प्रक्रिया पूरा भई भुक्तानी दिनेक्रममा रहेको र बाँकी स्याउ बगैँचाको पुनः अनुगमन मूल्याङ्कन गरी सबैलाई भुक्तानी दिने प्रतिबद्धता कम्पनीले जनाएको छ । रासस

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit