Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

म पार्टीको सभापति बन्छु : महामन्त्री थापा

म पार्टीको सभापति बन्छु : महामन्त्री थापा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ का नेता, कार्यकर्ता तथा मतदातालाई सम्बोधन गर्दै छलफलका क्रममा महामन्त्री थापाले आफू सभापतिमा लड्ने औपचारिक घोषणा मात्र गरेनन् उनले सभापति बन्ने दाबीसमेत गरे ।

विज्ञापन
Advertisement
Advertisement

कांग्रेसलाई नयाँ दिशामा लैजान नेतृत्व परिवर्तन आवश्यक रहेको धारणा राख्दै थापाले भने, ‘म अहिले पार्टीको १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हुँ। म पार्टीको सभापति बन्छु, बन्न चाहन्छु ।’

यस्तै उनले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने धारणा राखे । उनले कांग्रेसमा नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर भए पनि निर्वाचनमा भाग लिनुपर्ने बताए । थापाले महाधिवेशनलाई टार्नका लागि पार्टीको केन्द्रीय समितिको बैठकलाई लम्ब्याइएको गुनासो गरे । उनले भने, ‘संविधानलाई सही दिशामा ल्याउनका लागि फागुन २१ मा निर्वाचन हुन्छ, संविधानलाई सही दिशामा ल्याउने प्रमुख जिम्मेवारी कांग्रेसको हो,’महामन्त्री थापाले भने । लिएको कांग्रेसले देश बदल्न सक्ने भएकाले १५औँ महाधिवेशन चाँडो सम्पन्न गर्नुपर्ने उनको भनाइ थियो ।

महामन्त्री थापालले जनताले भ्रष्टाचार र कुशासन अन्त्य खोजेकाले त्यसमा कांग्रेस लाग्नुपर्ने बताए । कुनैपनि संस्थालाई दलीयकरण गर्ने प्रवृत्तिलाई कांग्रेसले अन्त्य गरेर अगाडि बढ्ने महामन्त्री थापाको भनाइ छ । उनले कांग्रेस राष्ट्रिय शक्ति भएकाले देशलाई सम्हाल्ने प्रमुख जिम्मेवारी कांग्रेसको काँधमा आएको उल्लेख पनि गरे । महामन्त्री थापाले नागरिकमा भएको असन्तुष्टि रिसलाई जेनजी आन्दोलनले प्रस्तुत गरेको जनाउँदै जेनजीको मर्म र भावनाअनुसार दलहरु सच्चिएर अगाडि बढ्नुपर्ने धारणा राखे । फागुन २१ मा निर्वाचन नभए देश अनिश्चिततातर्फ फर्कने उनको भनाइ थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit