Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

पाँच महिनामा ३.५९ खर्बका सामान आयात, राजस्वमा वृद्धि

पाँच महिनामा ३.५९ खर्बका सामान आयात, राजस्वमा वृद्धि
विज्ञापन
Advertisement

पर्सा । यहाँको वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् ५३ अर्ब ३२ करोड बढी मूल्यका सामान आयात भएको हो। जबकि गत आवको पाँच महिनामा तीन खर्ब छ अर्ब एक करोड मूल्यबराबरका सामान भित्रिएको तथ्यांक छ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा आयात वृद्धि भएसँगै राजस्व सङ्कलन पनि उल्लेखनीय वृद्धि भएको बताए । चालु आवको पाँच महिनामा ७२ अर्ब २८ करोडको पेट्रोलियम पदार्थ भित्रिएको छ। त्यसैगरी, ३१ अर्ब ६५ करोडको फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् ।

साथै, २४ अर्ब ६० करोड मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात हुँदा २२ अर्ब ८५ करोड मूल्य पर्ने भटमासको कच्चा तेल भित्रिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit