काठमाडाैं । यतिबेला शेयर बजारले केही आधार, केही परिणाम खोजिरहेको छ । तर, उपयुक्त वातावरण बजारले पाउन सकेको छैन। आर्थिक र राजनीतिक रुपमा लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पार्ने शेयर बजार यतिबेला सरकारले तोकेको आगामी फागुन २१ गतेको चुनावको प्रतिक्षामा छ।
पछिल्लो दुईवर्षदेखि शेयर बजारले गति लिन सकेको छैन।
२०७८ भदौं २ गते नेपालको इतिहासमै हालसम्म उच्च विन्दुको पुगेयता बजारले बीचमा ०८१ साउनमा केही लय समाउन खोजे पनि बजारले गति लिन सकेको थिएन। ०७९ को आम चुनाव यता शेयर बजारले विष्णु पौडेललाई दुईपटक अर्थमन्त्रीमा देख्यो भने डा. प्रकाशशरण महत र वर्षमान पुनलाई अर्थमन्त्रीको रुपमा देख्न पायो । तीन तीन अर्थमन्त्रीले शेयर बजारलाई गति लिन कम्मर कसे पनि उपलब्धी भने खासै हात लागेन । बरु, विष्णु पौडेलकै समयमा शेयर बजारमा २९ सय नजिकसम्म पुगेर फर्कियो, भने कारोबार रकम हालसम्मकै उच्च भयो ।
यतिबेला संसदीय सरकारबाट नागरिक सरकार बनेको छ । चुनाव आगामी फागुन २१लाई तोकिएको छ । देशमा चुनावको माहोल एकातिर तातिएको छ भने संसद पुर्नस्थापनाले पनि राजनीतिक उतिकै तातिएको छ ।
बजार सुस्त भएको समयमा चुनाव अघिको माहोल र चुनावपछिको सरकारले नीतिले सुरुवातका दिनमा शेयर बजारमा उल्लास थपेको हाम्रो पूरानो चुनाव इतिहासको शेयर बजारले देखाउँछ । यतिबेला नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति र त्यसपछिको पहिलो समीक्षामा शेयर बजारलाई अनौपचारिक रुपमा अघि बढाउने पहल गरेको थियो ।
शेयर बजारका सुधार गर्न र कमी कमजोरीलाई हटाउन अर्थ मन्त्री पिच्छेका ‘ सुधार समिति’ बनेका छन् । हालै जेनजी आन्दोलनपछि बनेको नागरिकको सरकारका काबिल मानिएका अर्थमन्त्री रामेश्वर खनालले पनि शेयर बजार सुधार समिति बनाउने कुरालाई निरन्तरता दिए । त्यसले विभिन्न सरकार र नियामक निकायलाई दिर्घकालीन र अल्पकालीन सुझाव समेत दिएको छ, र पनि त्यसको परिणाम शेयर बजारमा देखिएको छैन ।
अझ, उनै अर्थमन्त्री खनाल जसले उच्चस्तरी सुधार आयोगको संयोजक नै बनेका र अहिले त्यसको कार्यान्वयन गर्ने ठाउँमा पुगेकासमयमा पनि शेयर बजारले गति लिन सकेको देखिन्न । बैंकमा तरलता थुप्रिएको छ, लगानी बढ्न सकेको छैन । अझ जेनजी आन्दोलनले प्रहार गरेको निजी क्षेत्रको संरचना र व्यक्तिगत प्रहारबाट उनीहरु आहात छन् ।
चुनावले बढाउला त शेयर बजारको माहोल ?
पछिल्लो चार दशकमा विभिन्न समयमा भएका निर्वाचन र बजारको उतारचढाव हेर्दा बजारमा निर्वाचनको मिश्रित प्रभाव पर्ने गरेको देखिएको छ । सशस्त्र द्वन्द्व कायमै भएको अवस्थामा ३१ पुस ०५५ मा चुनावको मिति घोषणा हुँदा नेप्से एक सय ८१ अंक हाराहारीमा थियो । ०५६ सालको वैशाख र जेठ ३ गते गरी दुुई चरणमा भएको निर्वाचनको परिणाम जेठ ६ गते बिहीबारसम्म आइपुुग्दा नेप्से कारोबार एक सय ९९ बिन्दुुमा आइपुुगेको देखिन्छ । त्यस्तै, ०६४ मा द्वन्द्वरत माओवादी दल शान्तिप्रक्रियामा आएसँगै २७ पुुसमा चुनावको मिति तोकिएको थियो । सो समयमा नौ सय ८१ बिन्दुमा रहेको नेप्से ५ वैशाख बिहीबार चुनावी परिणाम आउँदा भने घटेर सात सय ३४ बिन्दुुमा आएको थियो । पहिलोपटक मूलधारमा माओवादी दल आएसँगै मानिसहरू सशंकित नै थिए । यही कारण पनि बजार घट्न गएको थियो ।
त्यस्तै, पहिलो संविधानसभाको विघटनपछि पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले दोस्रोपटक संविधानसभाका लागि ३० जेठ ०७० मा चुुनावको मिति तोकेको थियो । चुनावको मिति तोकिएको समयमा चार सय ९५ बिन्दुुमा रहेको नेप्से ९ मंसिरसम्म्म आइपुुग्दा बढेर ६ सय बिन्दुमा पुगेको थियो । यसबीचमा भने नेप्सेले एक हजार ३६ को उच्च बिन्दु (मासिक बन्द बिन्दुका आधारमा) पनि भेटेको थियो ।
त्यसपटक संविधानसभाले संविधान निर्माण गरेसँगै मुलुकमा तीन तहको सरकार बन्यो र त्यसैअनुसार आवधिक रूपमा तीनै तहको चुनाव हुने अवस्था बन्यो । दुई चरणमा निर्वाचन हुने भएपछि ०७३ फागुनदेखि वैशाख ०७४ सम्मै चुनावी माहोल बन्यो । सो समय नेप्से सूचक १३ सय ६५ बाट बढेर पुुसको पहिलो हप्तामा १४ सय ७५ बिन्दुुमा पुगेको थियो ।
त्यसपटक संविधानसभाले संविधान निर्माण गरेसँगै मुलुकमा तीन तहको सरकार बन्यो र त्यसैअनुसार आवधिक रूपमा तीनै तहको चुनाव हुने अवस्था बन्यो । दुई चरणमा निर्वाचन हुने भएपछि ०७३ फागुनदेखि वैशाख ०७४ सम्मै चुनावी माहोल बन्यो । सो समय नेप्से सूचक १३ सय ६५ बाट बढेर पुुसको पहिलो हप्तामा १४ सय ७५ बिन्दुुमा पुगेको थियो । दुई सरकार बनेपछि केही उत्तारचढाब बेहोरेको सरकारले २०७८ भदौं २ गते आइपुग्दा हालसम्मकै ऐतिहासिक ३१९८ विन्दुसम्म पुग्यो ।
त्यसपछि सरकारले पाँचवर्षको अन्तरालमा २०७९ सालमा स्थानीय तह र संघीय चुनावको माहोल बन्यो । त्यतिबेला पनि शेयर बजारले चुनाव अघि र पछि प्यानिक बनेका लगानीकर्ताहरु पनि उत्साहित बनेको देखिन्छ । २०७९ मा आइपुग्दा नेप्से परिसूचक १८ सय विन्दुदेखि २१ सयको विन्दुको वरिपरीमा रहेको थियो । चुनावको अघिल्लो उच्च विन्दुबाट बजार घटेर चुनावको समयमा पुन घट्न पुगेको तथ्यांकले देखाउँछ । चुनावको एकाध महिना अघि तत्कालीन समयमा नेप्से परिसूचक १८ सयको विन्दुबाट बढेर २१ सयको विन्दुसम्म पुगेको थियो ।
त्यो वर्ष संघ रस्थानीय तहको चुनावी वर्षहुँदा बजारमा उत्तार चढाब कायमै थियो । मंसिरको चुनावपछिको एक महिनामा नेप्से सूचक पनि मिश्रित देखिन्छ । त्यो बेलामा पनि नेप्से परिसूचक १९ सय विन्दु १८ सयको विन्दुमै तलमाथि रहेको छ ।
तथ्यांकमा हेर्दा के देखिन्छ भने, प्रत्येक चुनावमा आइपुग्दा शेयर बजारले एउटा खुट्किलो भने पार गरेको देखिन्छ। चुनावको एक कार्यकालबाट अर्को कार्यकालमा आइपुग्दा शेयर बजार दोब्बर, तेब्बर २०७० सालबाट भने शेयर बजारले ठुलो फड्को मारेको छ । त्यो भन्दा अगाडी राजनीतिक अस्थिरता, संविधान निर्माण हुन नसकेको अवस्था र आर्थिक गतिविधि तिब्रता नपाएको अवस्था थियो । पछिल्लो ७२ सालको संविधान निर्माणपछि भने आर्थिक गतिविधिसँगै शेयर बजारको पहुँच पनि बढेको थियो भने शेयर बजारले फड्को पनि मारेको थियो ।
हाल नेप्से परिसूचक पछिल्लो केही महिनादेखि २५ सयको विन्दुदेखि २७ सयविन्दुमै उत्तार चढाब आइरहेको छ । यसले दुई वर्ष २ हजार देखि २२ सयको विन्दुको रेखालाई आँकलन गर्न सकिन्छ । जतिबेला यो मनोवैज्ञानिक विन्दुमा बजार लामो समय ( दुईवर्षसम्म) रहेको थियो । त्यसपछि बल्ल बजारले २९ सयको विन्दु तय गरेको तथ्य छ ।
लगानीकर्ता देव गुरागाइँले राजनीतिक रुपमा चुनावको प्रभाव शेयर बजारमा पर्दै आएको बताउँछन्। उनी भन्छन्,‘ चुनाव पछि आउने सरकारले ल्याउने नीति, उनीहरुका घोषणापत्र बोकेका एजेण्डाले पनि चुनाव अघि र पछिको बजारलाई मिश्रित प्रभाव पार्छ ।’
विगतको चुनावले मिश्रित प्रभाव देखाएपनि अहिले चाँही एउटा जेनजी आन्दोलनपछिको मुमेन्टले ल्याएको चुनाव भएको हुँदा कस्तो परिणाम आउँछ भन्ने आँकलन गर्न नसकिएको हुँदा शेयर बजारले पनि ठ्याक्कै बाटो समाउन सकेको नसको उनको भनाई छ । उनले भने,‘ यो चुनाव ०८४ हुन्थ्यो भने यो सरकारबाट अर्को आउने परिणामबाट बनेको सरकारले एउटा दिशा दिन्छ भन्ने हुन्थ्यो अहिले पुरै अन्योलको अवस्था छ,एजेन्डाहरु पनि मिश्रित छ, त्यसले अहिले चुनावको परिणाम कि बजार स्थिर नै रहन्छ, कि नयाँ उचाई तर्फ लम्किन्छ ।’
चुनावपछि र आउने परिणामले लगानीकर्ताको मनोबल उच्च देखिनेहुँदा बजारमा सकारात्मक प्रभाव पर्ने शेयर लगानीकर्ता संघका अध्यक्ष ताराप्रसाद फ्लेल बताउँछन् । उनी भन्छन्, ‘चुनाव अघि र पछि अब केहोला भन्ने जुनखालको लगानीकर्तामा मनोविज्ञान देखिन्छ, अर्कोतर्फ आर्थिक चलायमान अन्य समयको तुलनामा अघि बढी हुन्छ, खर्च प्रणाली बढ्छ त्यो शेयर बजारमा कुनै न कुनै रुपमा जान्छ भन्ने विगतको बजारमा देखिएको हो ।’







भाेजराज भण्डारी 





















प्रतिक्रिया दिनुहोस्