Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

बागमतीका मुख्यमन्त्री बानियाँको घर, कार्यालय र कम्पनीमा सम्पत्ति शुद्धीकरण विभागको छापा

बागमतीका मुख्यमन्त्री बानियाँको घर, कार्यालय र कम्पनीमा सम्पत्ति शुद्धीकरण विभागको छापा
विज्ञापन
Advertisement

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा छापा मारेको छ ।

विज्ञापन
Advertisement
Advertisement

अस्वाभाविक वित्तीय गतिविधि र अवैध सम्पत्ति आर्जन गरेको आशंकामा विभागको टोलीले सोमबार काठमाडौं र हेटौँडामा खानतलासी गरेको हो । विभागका अधिकारीले मुख्यमन्त्री बानियाँको ललितपुरको हात्तीवनस्थित निजी निवास, काठमाडौं– नक्सालस्थित भूगर्भ सिमेन्टको कार्यालय र सुन्धारामा रहेको उनको सम्पर्क कार्यालयमा छापा हानेर महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ ।

यस्तै, मकवानपुरको हेटौँडा–५, पिप्लेस्थित निवास र उनको निर्माण कम्पनी बानियाँ निर्माण सेवाको कार्यालयमा पनि विभागको टोलीले छापा मारेको छ। निर्माण व्यवसायी समेत रहेका बानियाँ २०८२ साउनमा बागमती प्रदेशको छैटौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit