Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

दराजको ‘बिग समर सेल’ मा ब्राण्डेड लत्ताकपडा र कस्मेटिक सामानमा ७० प्रतिशतसम्म छुट घोषणा

दराजको ‘बिग समर सेल’ मा ब्राण्डेड लत्ताकपडा र कस्मेटिक सामानमा ७० प्रतिशतसम्म छुट घोषणा
विज्ञापन
Advertisement

काठमाडौं। अनलाइन किनमेल गन्तव्य दराज नेपालले ‘बिग समर सेल’ को घोषणा गरेको छ। यस सेल मार्फत दराजले सामान किनमेलका लागि देशभरका ग्राहकहरूलाई आकर्षक अफरहरू उपलब्ध गराउने जनाएको छ । यस आज बेलुका ८ बजेदेखि सुरु भई वैशाख २६ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

सो अवसरमा सामानहरू खरिदमा कम्पनीले ७० प्रतिशत सम्मको भारी छुटका साथै, ५५ लाख रुपैयाँ बराबरका विशेष डिस्काउन्ट भौचरहरू समेत उपलब्ध गराउने जनाएको छ । यसैगरी, ग्राहकहरूले प्लाटिनम पार्टनर्स (पिल्ग्रिम र मारिको) बाट १५% सम्म, गोल्ड पार्टनर्स (ब्राण्डहाउस, होनसा र मिनिमलिस्ट) बाट ६०% सम्म, तथा सिल्भर पार्टनर्स (होतो, नुलाइट र एमडब्ल्यूसी) बाट ७०% सम्मको छुट पाउन सक्नेछन्। साथै, ईसेवाका प्रयोगकर्ताहरूले विशेष ‘रश आवर’ अफरहरू पनि प्राप्त गर्न सक्नेछन्। ग्राहकले अनलाइनबाट छनोट गरिएका सामानहरूमा नि:शुल्क होम डेलिभरीसेवा दिइने दराजले उल्लेख गरेको छ।

ग्राहकहरूले आफ्ना इच्छित सामग्रीहरूमा उत्कृष्ट मूल्य सुनिश्चित गर्न ‘बेस्ट प्राइस’ ट्याग भएका उत्पादनहरूमा दराजको २ गुणा प्राइस डिफरेन्स रिफन्ड प्रोमिस पनि लागू हुने जनाएको छ। यदि कुनै ग्राहकले नेपालभित्र अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन दराजमा भन्दा कम मूल्यमा भेट्टाउनु भएमा, सर्त अनुसार दराजले मूल्य अन्तरको दोब्बर रकम फिर्ता गर्नेछ।

यस सेल अन्तर्गत कम्पनीले हल्का र स्टाइलिश फेसन, स्वास्थ्य तथा सौन्दर्य, अडियो तथा वेयरेबल्स, फर्निचर, र गृह सजावट लगायत विभिन्न क्याटेगोरीहरूमा आकर्षक अफरहरू उपलब्ध गराउनेछ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit