Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

दीपक भट्टलाई लिखित जवाफसहित अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

दीपक भट्टलाई लिखित जवाफसहित अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
विज्ञापन
Advertisement

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको अभियोगमा हिरासतमा रहेका व्यवसायी दीपक भट्टलाई लिखित जवाफसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले भट्टलाई थुनामा राख्नुको कारणसहित उपस्थित गराउन काठमाडौं जिल्ला अदालत, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीका नाममा ‘कारण देखाऊ’ आदेश दिएको हो।

यसअघि भट्टकी पत्नी आयुस्मा नेपालले उनलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। सर्वोच्चले सुनुवाइ गर्दै भट्टलाई नै उपस्थित गराउन र पक्राउ गर्नुको आधार र कारणसहितको लिखित जवाफ पेस गर्न सरकारलाई निर्देशन दिएको छ।

शंकास्पद कारोबारमार्फत अकुत सम्पत्ति आर्जन गरेको आरोपमा भट्ट गत चैत १९ गते काठमाडौंको नक्सालबाट पक्राउ परेका थिए ।
भट्टमाथि हिमालयन रि–इन्स्योरेन्स र यसका सहायक कम्पनीहरूबाट झन्डै चार अर्ब रुपैयाँ दुरुपयोग गरी नेपाल रि–इन्स्योरेन्स लगायतका कम्पनीको शेयर खरिद गरेको गम्भीर आरोप छ।

हाल उनी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनको सम्पत्तिमाथि विस्तृत अनुसन्धान गरिरहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit