images images images
images images images
images
images
images

एफएनसिसीआई निर्वाचनमा गुटबन्दी त्यागेर सहमतिमा अघि बढ्न अर्थमन्त्रीको आग्रह

images

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई) लाई विगतका गुटबन्दीका अभ्यासहरू त्यागेर सहमति र एकताका आधारमा नेतृत्व चयन गर्न सुझाव दिएका छन् ।

सोमबार महासंघको ६०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वाग्लेले आगामी नेतृत्व चयन प्रक्रियालाई संस्था विभाजन नभई सहकार्यको माध्यम बनाउन आग्रह गरेका हुन।

images
images

अर्थमन्त्री वाग्लेले निजी क्षेत्रको आन्तरिक एकता र स्पष्ट दृष्टिकोणबिना देशको आर्थिक रूपान्तरण सम्भव नहुने स्पष्ट पारे । वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ दुवै गण्डकी प्रदेशको भएकाले दुवैजना मिलेर जानुपर्नेमा अर्थमन्त्रीको जोड छ । ‘दुवै जना गण्डकी प्रदेशका हुनुहुन्छ, मिलेर जानुपर्छ । महासंघको चुनावमा पहिलेको जस्तो गुट नबनाउनु होला, अब अर्थतन्त्र कता डोर्याउने भन्ने जिम्मेवारी तपाईंहरूको हातमा छ,’ अर्थमन्त्री वाग्लेले भने ।

अर्थमन्त्रीले महासंघलाई संस्थागत रूपमा सुदृढ, जिम्मेवार र एकताबद्ध बन्दै राष्ट्रिय अर्थतन्त्रलाई सही दिशा दिन नेतृत्वदायी भूमिका खेल्न आह्वान गरे ।

images
images

प्रतिक्रिया दिनुहोस्