Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एमएडब्लू वृद्धिले नेपालभर ८६ स्थानमा विस्तार गर्यो चार्जिङ स्टेसन

एमएडब्लू वृद्धिले नेपालभर ८६ स्थानमा विस्तार गर्यो चार्जिङ स्टेसन
विज्ञापन
Advertisement

काठमाडौँ । नेपालका लागि चांगान तथा दिपलका फ्युचरिस्टिक ईभीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धिले नेपालभर कुल ८६ स्थानमा विद्युतीय सवारी साधन चार्जिङ स्टेसनहरू स्थापना गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

पर्यावरण मैत्री यातायात अपनाउने प्रतिबद्धता अनुरूप८६ स्थानमा ईभी चार्जिङ स्टेसनहरूको स्थापना गरिएको कम्पनीले जनाएको हो। निकट भविष्यमा थप १०० चार्जिङ स्टेशनहरू थपेर नेटवर्कलाई अझ विस्तार गर्ने योजना बनाइरहेको कम्पनीले पहुँचयोग्य र कुशल ईभी पूर्वाधारको लागि बलियो जग खडा गरिरहेको जनाएको छ। कम्प्याटिबल चार्जिङ नेटवर्कद्धारा राम्रो ईभी पूर्वाधारको बढ्दो माग पूरा गर्ने दिशामा कम्पनी अघि बढिराखेको भन्दै यसले हरियाली र स्वच्छ भविष्यमा एमएडब्लूको बजार बढाउनका साथै व्यक्ति एवम् व्यवसायहरूलाई विद्युतीय सवारी साधनहरूमा स्विच गर्न सजिलो बनाउने कम्पनीले उल्लेख गरेको छ । धेरै स्थानमा चार्जिङ स्टेशन निर्माण गर्दा चार्जिङ सुविधाहरूको व्यापक उपलब्धताले दिगो गतिशीलतालाई प्रवर्द्धन गर्नुका साथै देशलाई वातावरणीय रूपमा जिम्मेवार यातायाततर्फ परिवर्तन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

कम्पनीले रणनीतिक उद्देश्य बनाएरै नेपालको ईभी इकोसिस्टमलाई सुदृढ पार्दै छ। यस्तै, कम्पनीले आफ्नो अग्रगामी दृष्टिकोण अनुरूप थप ईभी पूर्वाधारको बढ्दो मागलाई पूरा गर्ने प्रतिबद्धता समेत जनाएको छ । जसले वातावरणमा कार्बन उत्सर्जन घटाउँदै विद्युतीय सवारी साधनहरू प्रयोगलाई वृद्धि गराउने छ ।
‘एमएडब्लू वृद्धिको यो उपलब्धिले कम्पनीको नवीनता र वातावरणको हेरचाहप्रतिको बलियो प्रतिबद्धतालाई चित्रण गर्दछ। बढ्दो नेटवर्कसँगै समुदाय र उद्यमहरूलाई हरित भविष्य अँगाल्न आवश्यक पर्ने कुराहरू प्रदान गर्न कम्पनी प्रतिबद्ध छ’ कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।

के हो फोटोन नेपाल ?
फोटोन नेपाल संचालन गर्ने एमएडब्लू वृद्धि एमएडब्लू समूह र वृद्धि समूहबीचको साझेदारी संस्था हाे । जसले सन् २०१४ देखि नेपालभर अन्तर्राष्ट्रिय अटोमोटिभ ब्रान्डहरूको प्रतिनिधित्व गर्दै आएको छ। व्यावसायिक र विद्युतीय सवारी साधनहरूमा विशेषज्ञता हासिल गर्दै एमएडब्लू वृद्धिले फोटोन, सोकोन, सेरेस, नामी र चांगन जस्ता ब्रान्डहरूको प्रतिनिधित्व गरेको छ । जसले भरपर्दो रुपमा ग्राहक वर्गलाई सजिलै ईभी गाडिका पार्टपुर्जा सँगै गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit