Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

आज एकैदिन तीन कम्पनीको बार्षिक साधारणसभा बस्दै, यस्ता छन् प्रस्ताव?

आज एकैदिन तीन कम्पनीको बार्षिक साधारणसभा बस्दै, यस्ता छन् प्रस्ताव?
विज्ञापन
Advertisement

 काठमाडाैं । आज विभिन्न तीन वटा कम्पनीले बार्षिक साधारणसभा बोलाएका छन् । सभा बोलाएका कम्पनीहरुले लाभांशका साथै हकप्रदको प्रस्ताव ल्याएका छन् । सभा बोलाउने कम्पनीमा लक्ष्मी सनराइज बैंक, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र घोराही सिमेन्ट रहेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

लक्ष्मी सनराइज बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको सभा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेदेखि सुरु हुने जनाइएको छ । सभाले पारित गरेपछि सेयधरनीले बैंकले तोकेको लाभाश पाउनेछन् ।

यस्तै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले पनि आजका लागि सभा बोलाएको छ । कम्पनीले मोरङ जिल्लाको विराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजेदेखि सभा बोलाएको छ । कम्पनीले सभामा १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव लैजाने भएको छ ।

घोराही सिमेन्ट इन्डष्ट्रीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यस्तै १ः०.७५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सभामा लैजाने भएको छ । सभा दाङको घोराही उपमहानगरपालिका–१५ स्थित होटल पौवामा बिहान ९ बजेबाट सुरु हुने जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit