Advertisement
Advertisement
Corporate Samachar
१९ असार २०८३, शुक्रबार
Advertisement

सुनको मूल्य २ लाख ७० हजार कायम, चाँदीको भाउमा फेरि नयाँ रेकर्ड

सुनको मूल्य २ लाख ७० हजार कायम, चाँदीको भाउमा फेरि नयाँ रेकर्ड
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य सामान्य घट्दा चाँदीको भाउ बढेको छ। अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँ पुगेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको सुन आज ६०० रुपैयाँले घटेको हो ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुन प्रतितोला दुई लाख ७० हजार रुपैयाँ मूल्य निर्धारण भएको छ ।

यस्तै, आज चाँदीको भाउ अघिल्लो कारोबार दिनको तुलनामा ६० रुपैयाँले वृद्धि भएको छ । आइतबार ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार आठ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै महँगो हो । यो सँगै साताको दोस्रो कारोबार दिन पनि चाँदीको मूल्यले फेरि नयाँ रेकर्ड कायम राख्ने क्रमलाई निरन्तरता दिएको छ । गएको शुक्रबार चाँदी ४ हजार ५ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

बढ्दै गएको भूराजनीतिक तनाव, अमेरिकी ब्याजदर थप कटौती हुने अपेक्षा र वित्तीय बजारमा छिटोछिटो भइरहेको परिवर्तनका कारण सुनको मूल्य निरन्तर बढिरहेको विश्लेषकहरुको बुझाइ छ । पछिल्लो समय संसारका धेरै देशले अमेरिकी डलरप्रतिको विश्वसनीयतामा प्रश्न उठाउन थालेका छन्। डलरप्रतिको अविश्वासले गर्दा धेरै राष्ट्रका केन्द्रीय बैंकले सुन खरिदलाई बढाउन थालेका छन्।

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण हुँदै आएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit