काठमाडौं । नेपाल बैंक लिमिटेड र मेडिकेयर हस्पिटलबीच स्वास्थ्य सेवा शुल्कमा छुट गर्ने गरी सम्झौता भएको छ ।
शुक्रबार सम्पन्न सम्झौता अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहक, क्रेडिट कार्ड होल्डर र बैंकका अवकाश प्राप्त कर्मचारीहरुले काठमाडौं चावहिलमा रहेको मेडिकेयर हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा बिल रकमको १० प्रतिशत छुट पाउने छन् ।
सो सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटलका तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरे ।
सम्झौताबाट बैंकमा कार्यरत कर्मचारी, तथा बैंकमा खाता रहेका ग्राहकहरूले मेडिकेयर हस्पिटलबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुने बैंकले जनाएको छ ।




कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्