Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई नेशनल लाईफको सम्मान

बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई नेशनल लाईफको सम्मान
विज्ञापन
Advertisement

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी बागमती प्रदेशबाट योग्य भएका ५०० जना भन्दा बढि अभिकर्ताहरु सहित विभागिय प्रमुखहरु, प्रदेश प्रमुख एवं बागमती प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरुको सहभागितामा काठमाडौंस्थित वेभ हस्पिटालिटीमा कम्पनी प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनी सिईओ खत्रीले कार्यक्रममा बागमती प्रदेशबाट सिईओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिईओे क्बलको सदस्यता वितरण तथा सम्मान गरे । उनले नेशनल रत्न र नेशनल स्टार विजेता अभिकर्ताहरुलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट तथा प्रदेशबाट आफ्नो कोड र संजालमा प्रथम द्धित्तिय र तृत्तिय हुन सफल उत्कृष्ट अभिकर्ताहरुलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको कम्पनीले जनाएको छ ।

कार्यक्रममा नेपालभरबाट १६०० जना भन्दा धेरै अभिकर्ताहरु छनोट हुनुले यो योजना अत्यन्तै सफल भएको र यस्ता प्रकारका योजनाबाट अभिकर्ताहरुलाई सकरात्मक असर पु¥याउने हुँदा सबै तहका अभिकर्ताहरुलाई हुने गरी मासिक तथा वार्षिक योजना ल्याउने क्रमलाई निरन्तरता दिने प्रमुख खत्रीले बताए । उनले बीमा अभिकर्र्ता पेशा केवल व्यवसायसँग जोडिएको मात्र नभई सेवाभावसँग पनि जोडिएकोले यस पेशामा जोडिने हरेक अभिकर्ताले सफलता हासिल गर्ने मूख्य आधार नै काम प्रतीको इमान्दारिता र निरन्तरता रहेको उल्लेख गरे ।

समारोहमा उपस्थित विजेता अभिकर्ताहरुलाई अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झाले मोटिभेसनल तालिम प्रदान गरेका थिए । बागमती प्रदेशबाट उत्कृष्ट हुने अभिकर्ताहरुमध्ये कलंकी शाखाका नारायण सुवेदी र नारायणथान शाखाको रविना के.सी.ले आफ्नो व्यवसायिक अनुभव व्यक्त गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit