Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

ठमेलमा आजदेखि ‘निर्यात मेला’

ठमेलमा आजदेखि ‘निर्यात मेला’
विज्ञापन
Advertisement

काठमाडौं । दसौँ निर्यात दिवसका अवसरमा राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा दुईदिने ‘निर्यात मेला’ सुरु भएको छ । नेपाल निर्यात परिषद्को आयोजना, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल हस्तकला महासङ्घको सहकार्यमा आजदेखि दुईदिने निर्यात मेला सुरु भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

मेलाको उद्घाटन कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरद्विक्रम राणाले विश्व बजारमा नेपाली सामान निर्यात गर्ने नेपाल निर्यात परिषद्ले खेलेको भूमिका सराहनीय रहेको बताए।
विदेशमा सामान निर्यातका क्रममा देखिएका झन्झटलाई समाधान गर्नका लागि व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले काम गर्दै आइरहेको उनकाे भनाइ थियो ।

नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले नेपालमा उत्पादित हस्तकलाका सामानलाई विदेशमा निर्यात गर्न परिषद्सँग महासङ्घले सहकार्य गरिरहेको बताए । निर्यात परिषद्का वरिष्ठ उपाध्यक्ष डा रामशरण थपलियाले विदेशी मुद्रा भित्र्याउने निर्यातजन्य वस्तुमा सरकारले दिइरहेको नगद अनुदान रोकिँदा व्यवसायीहरु मर्कामा परेको बताए । उनले नगद अनुदान रोक्ने सरकारको निर्णय तत्काल सच्याउन मागसमेत गरे ।

मेलामा हस्तकलाका सामान, फेल्ट, धातुका सामग्री, गार्मेन्ट, नेपाली ढाकाका कपडा, उलनका हाते उत्पादनका सामग्रीलगायत २० कक्ष राखिएको परिषद्का महासचिव हरि ढकालले जानकारी दिए । सोमबारसम्म चल्ने मेलामा सामग्री प्रदर्शन,

बिक्रीवितरण र विदेशी व्यवसायीसँग छलफल हुनेछ । नेपालबाट आर्थिक वर्ष २०८१÷८२ मा रु दुई खर्ब ७७ अर्ब तीन करोड र चालु आवको चार महिनामा रु ९३ अर्ब ५० करोडको सामान विभिन्न मुलुक निर्यात भएको तथ्याङ्क छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit