Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ज्योति विकास बैंकद्वारा दुर्गम क्षेत्रका स्वास्थ्य चौकीमा बेबी वार्मर प्रदान

ज्योति विकास बैंकद्वारा दुर्गम क्षेत्रका स्वास्थ्य चौकीमा बेबी वार्मर प्रदान
विज्ञापन
Advertisement

काठमाडौं । ज्योति विकास बैंकले कोशी प्रदेशका ग्रामीण क्षेत्रहरूमा जीवनरक्षक चिकित्सा उपकरणहरू ‘बेबी वार्मर’ प्रदान गरेको छ । प्रदेशको विभिन्न जिल्लामा रहेका स्वास्थ्य चौकीहरुमा नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न र हाइपोथर्मिया (अल्पताप) हुनबाट जोगाउनका लागि आवश्यक हुने बेबी वार्मर (न्यानो नानी) मेसिन प्रदान गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

ज्योति विकास बैंकको पहलमा सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका वडा नं.१२ स्थित सिसुवाखोला हेल्थ पोस्ट र मकालु गाउँपालिका वडा नं. ०५ स्थित नुम प्राथमिक स्वास्थ्य केन्द्रमा बेबी वार्मर जडान गरेको छ । साथै, खोटाङ जिल्लाको जालपा वडा नं. १२ स्थित पुजनसेवा नगर अस्पताल र पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं.०२ स्थित एकतीन हेल्थ पोस्टमा बेबी वार्मर जडान गरेको छ ।

सुरक्षित प्रसूति सेवाको पहुँच दुर्गम क्षेत्रमा पनि सुरक्षित बनाउने उद्देश्यले बैंकले आफ्नो शाखा नभएका स्थानहरूमा समेत यस्ता अत्यावश्यक स्वास्थ्य उपकरणहरू उपलब्ध गराउँदै आएको जनाएको छ। यो प्रयास बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित एउटा महत्त्वपूर्ण पहल हो । बैंकले हालसम्म देशभर ७० वटा मेसिन जडान गरिसकेको जनाएको छ। जसबाट हरेक वर्ष करिब २४४२ भन्दा बढी शिशुहरुलाई सुविधा पुग्ने बैंकले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit