वीरगञ्ज । धनुषाको धन्कवलमा रहेको एक मस्जिदमा अज्ञात व्यक्तिहरूले गरेको तोडफोडको विरोधमा वीरगञ्जम प्रर्दशन भएपछि प्रशासनले सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सामाजिक सद्भाव कायम गर्नका लागि सबैसँग आह्वान गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज सार्वजनिक अपिल गर्दै सामाजिक सद्भावमा खलल पु¥याउने कुनै पनि खालको गतिविधि नगर्नका लागि आग्रह गरेका छन् । ‘एक अर्कामा सामाजिक तथा धार्मिक वा सांस्कृतिक द्वेष भाव सृजना गरी राष्ट्रिय एकतामा आँच पु¥याउने वा झुठा अफवाह फैलाइ समुदायको सामाजिक मानमर्दन गर्ने कार्यमा संलग्न व्यक्तिहरुको फेसबुक, टिकटक, इन्स्टाग्रामल’, उनले भनेका छन्, ‘यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिई सचेत र सजग हुन पनि अनुरोध गरिन्छ ।’
घटनापछि वीरगञ्जमा मुस्लिम समुदायले आज प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा वीरगञ्जको स्थिति केही समय तनावपूर्ण बनेको थियो। वीरगञ्ज वडा नम्बर २ बाट निस्किएको प्रदर्शनकारीको जुलुसलाई रोक्ने क्रममा प्रहरीले करिब ५ राउन्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो । प्रदर्शनकारीहरूले धनुषा घटनाको विरोध गर्दै नाराबाजीसहित बजार क्षेत्रतर्फ बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
प्रदर्शनका क्रममा आक्रोशित भीडले छपकैयास्थित सामुदायिक प्रहरी बिटको झ्याल र बोर्डमा क्षति पुपर्याएको छ। प्रदर्शनकारीहरूले वीरगञ्जको छपकैया, इदगाह चोक, घण्टाघर र मुड्ली लगायतका मुख्य स्थानहरूमा टायर बालेर सडक अवरुद्ध गर्दै विरोध जनाएका थिए ।
प्रर्दशनका क्रममा दुई प्रहरी सामान्य घाइते भएका छन् । प्रहरीले एक जना प्रर्दशनकारीलाई केहीबेर नियन्त्रणमा लिएर छोडेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजु कार्कीले जानकारी दिए । उनका अनुसार हाल वीरगञ्जको अवस्था सामान्य रहेको छ । ‘अहिले अवस्था नियन्त्रणमा छ,’ प्रवक्ता कार्कीले भने, ‘हामीले नियन्त्रणमा लिएका एक जना प्रदर्शनकारीलाई छाडिसकेका छौँ । अवस्थाको गम्भीरतालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ र आवश्यक स्थानमा प्रहरी परिचालन गरिएको छ ।’ अप्रिय घटना हुन नदिन वीरगञ्जका संवेदनशील क्षेत्रहरूमा प्रहरीले सुरक्षा गस्ती बढाएको छ।







कर्पोरेट समाचार 





















प्रतिक्रिया दिनुहोस्