Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

नेपाल वायु सेवा निगमको महाप्रबन्धक नियुक्तीमा ढिलाई नगर्न प्रधानमन्त्रीको निर्देशन

विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गरेकी छन् ।

विज्ञापन
Advertisement
Advertisement

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले उनले मन्त्रालयका सचिव हरि मैनालीलाई आफ्नो कार्यकक्षमा बोलाएर आज खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रक्रियामा भएको प्रगति विवरण माग गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले निगममा महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न सचिव मैनालीको संयोजकत्वमा गत कात्तिक १४ गते छनोट समिति गठन गरेकी थिइन् ।

समितिमा क्याप्टेन केबी लिम्बू विज्ञ सदस्य र मन्त्रालयकै योजना तथा प्रशासन महाशाखा प्रमुख रहने सहसचिव सदस्यसचिव छन्। सचिव मैनालीले यसबीचमा कार्यविधिको काम गरेको र केही समय बाहिर पनि जानुपरेको जानकारी प्रधानमन्त्रीलाई गराएको उनको सचिवालयले जनाएको छ । यस्तै, प्रधानमन्त्री कार्कीले ढिलो नगरी खुला प्रतिस्पर्धाका लागि दर्खास्त आह्वानको सूचना प्रकाशित गर्न समेत निर्देशन दिएकी छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit