Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सेलिङ प्रेसरले घट्यो नेप्से, १४ अर्ब माथिको कारोबार

सेलिङ प्रेसरले घट्यो नेप्से, १४ अर्ब माथिको कारोबार
विज्ञापन
Advertisement

काठमाडाैं ।साताको मंगलबार आइपुग्दा नेप्से परिसूचक ४२.५८ अंकले घटेर २ हजार ७२६.५१ विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक घट्दा, लगानीकर्ताहरु शेयर विक्रि गर्न थालेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो साता बजार बढ्दा लगानीकर्ता यतिबेला नाफा सुनिश्चित गर्न लागेका छन् । जसको कारण बजारमा तिब्र उत्तार चढाब भइरहेको छ । यो दिन धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३३३ कम्पनीको ३ करोड २ लाख ६२ हजार कित्ता शेयर किनबेचहुँदा १४ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ ।

सर्वाधिक कारोबार हुने कम्पनीमा राधि विद्युत कम्पनी, एसवाई प्यानेल नेपाल, आँखु खोला जलविद्युत कम्पनी, न्यादी ग्रुप पावरको शेयर मूल्य ३९ करोड रुपैयाँदेखि ५७ करोड ८५ लाख रुपैयाँसम्मको कारोबार भएको छ ।

यो दिन कारोबारमा आएका १३ वटा समूहको सूचकमध्ये सबै समूहको सूचकमा गिरावट आएको छ भने म्यूचुल फण्ड स्थिर छ । फाइनान्स समूहको सूचक २ प्रतिशतभन्दा बढीले घट्दा अन्य समूहको सूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

सप्तकोशी डेभलपमेन्ट बैंक, दरमखोला हाइड्रो इनर्जी लिमिटेड,माया खोला जलविद्युत कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक र सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको शेयर मूल्य ४.७९ प्रतिशतदेखि ८.५६ प्रतिशतसम्मले बढेको छ ।

दोहोरो अंकसहित उच्च घटेको बजारमा ओम मेगाश्री फर्मासेक्युटिल्स, ट्रेड टावर, झापा इनर्जीको शेयर मूल्य ६.२५ प्रतिशतदेखि ६.९३ प्रतिशतसम्मले घटेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit