Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

शेयर बजारमा दोस्रो दिन पनि करेक्सन, सकिएको हो मौद्रिक नीति समिक्षाको उत्साह ?

शेयर बजारमा दोस्रो दिन पनि करेक्सन, सकिएको हो मौद्रिक नीति समिक्षाको उत्साह ?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मा ३० दशमलव ३६ अङ्कको गिरावट देखिएको छ । यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले बढेको नेप्से परिसूचक सोमबार र आज निरन्तर दोहोरो अङ्कले घटेको हो । एक दशमलव ०५ प्रतिशतको गिरावटपछि आज नेप्से परिसूचक दुई हजार ८४६ दशमलव ३० को विन्दुमा कायम भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज तीन सय १८ कम्पनीको दुई करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर एक लाख २२ हजार ३३६ पटक खरिदबिक्री हुँदा रु १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ एक दशमलव ०५, विकास बैङ्क शून्य दशमलव ३९, वित्त दुई दशमलव १०, होटल तथा पर्यटन शून्य दशमलव ९७ र जलविद्युत् समूह एक दशमलव ०८ प्रतिशतले घटेको छ ।

त्यसैगरी लगानी एक दशमलव ७५, जीवन बिमा शून्य दशमलव ६९, उत्पादन तथा प्रशोधन दुई दशमलव २१, लघुवित्त एक दशमलव ४१, म्युचुअल फन्ड शून्य दशमलव ५५, निर्जीवन बीमा एक दशमलव ११, व्यापार शून्य दशमलव ८४ र अन्य समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ

गार्डियन माइक्रोलाइफ इन्सुरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छभने सिन्धु विकास बैङ्क लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स लिमिटेडको रु एक अर्ब नौ करोड ३० लाख ७८ हजार ९८३ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रोपावर लिमिटेडको १३ लाख १७ हजार ८४२ कित्ता सेयर किनबेच भएको छ ।  माैद्रिक नीतिपछि उचालिएकाे शेयर बजार दुइदिन  लगातार  उच्च अंकले बढेर करेक्सन भइरहेकाे छ । पछिल्लाे ९ दिन बजार निरन्तर बढेकाे थियाे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit