images images images
images images images
images
images
images

निजी क्षेत्रमा कर्जा प्रवाह ३.६ प्रतिशतले वृद्धि, कृषि कर्जामा संकुचन

images

काठमाडौं । आर्थिक वर्ष २०८२-८३ को पहिलो छ महिना (२०८२ पुससम्म) को तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ६ महीनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार समीक्षा महीनामा निजी क्षेत्रमा प्रवाहित कर्जा रु। १९७ अर्ब ४७ करोडले वृद्धि भई कुल कर्जा  ५६ खर्ब ९५ अर्ब १७ करोड पुगेको छ ।

images
images

अघिल्लो वर्षको सोही अवधिमा भने यस्तो कर्जा ५।२ प्रतिशत अर्थात् रु। २६५ अर्ब ५६ करोडले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा निजी क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले वृद्धि भएको छ ।

२०८२ पुस मसान्तमा निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३७.३ प्रतिशत हिस्सा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात क्रमशः ६४.२ प्रतिशत र ३५.८ प्रतिशत थियो । समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ३.७ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको २.९ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले वृद्धि भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जामध्ये २०८२ पुस मसान्तमा चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) को सुरक्षणमा प्रवाहित कर्जा १५.० प्रतिशत र घरजग्गा धितो सुरक्षणमा प्रवाहित कर्जा ६३.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः १४.५ प्रतिशत र ६४.९ प्रतिशत रहेको थियो ।

क्षेत्रगत आधारमा आर्थिक वर्ष २०८२-८३ को पहिलो छ महिनामा उपभोग्य क्षेत्रतर्फको कर्जा ९.१ प्रतिशतले वृद्धि भएको छ । यस्तै, निर्माण क्षेत्रमा ७.२ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा ६.२ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा ४.४ प्रतिशत, वित्त, बिमा तथा अचल सम्पत्ति क्षेत्रमा १.१ प्रतिशत र सेवा उद्योग क्षेत्रमा ०.९ प्रतिशतले कर्जा बढेको छ । तर, कृषि क्षेत्रतर्फको कर्जा भने १.१ प्रतिशतले घटेको छ ।

कर्जाको प्रकृतिअनुसार यस अवधिमा मार्जिन प्रकृतिको कर्जा ८.३ प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा ७.८ प्रतिशत, हायर पर्चेज कर्जा ७.३ प्रतिशत, क्यास क्रेडिट कर्जा ३.० प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा २.९ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) २.५ प्रतिशत र आवधिक कर्जा २.४ प्रतिशतले बढेको छ । यद्यपि, अधिविकर्ष कर्जा ३।३ प्रतिशतले घटेको देखिन्छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२-८३ को छ महिना अवधिको तथ्याङ्कले निजी क्षेत्रतर्फ कर्जा विस्तार भए पनि कृषि क्षेत्रमा लगानी घट्दै गएको संकेत गरेको छ, जसले समग्र आर्थिक गतिविधिमा सन्तुलन आवश्यक रहेको देखाउँछ ।

images
images

प्रतिक्रिया दिनुहोस्