Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुनसरी ४ का मतदाताको प्राथमिकता कृषि र पूर्वाधार

सुनसरी ४ का मतदाताको प्राथमिकता कृषि र पूर्वाधार
विज्ञापन
Advertisement

धरान । सुनसरी निर्वाचन क्षेत्र नं ४ भोक्राहा नरसिंह गाउँपालिका–२ का समीर आलम भन्छन् , ‘यहाँका अधिकांश परिवार मकै, तरकारी र धानखेतीमा निर्भर छन् । तर किसानले समयमा मल, बीउ र सिँचाइ पर्याप्त नहुँदा उत्पादन प्रभावित हुन्छ । गाउँमा सडक राम्रो नहुँदा खेतमा उत्पादन गरेका कृषि उपज बजारसम्म पु¥याउन मुस्किल छ । आगामी निर्वाचनमा कृषि, सडकका साथै रोजगार सुनिश्चित जसले गर्न सक्छ त्यस्तो उम्मेदवार यहाँ आउनुपर्छ ।’

विज्ञापन
Advertisement
Advertisement

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सुनसरीका मतदाता यसपटक कृषि, पूर्वाधार र रोजगारीलाई मुख्य मुद्दा बनाएका छन् । भोक्राहा नरसिंह गाउँपालिका–३ का अर्का युवा मतदाता राजु मण्डल भन्छन् , ‘युवाले आफ्नै देशमा रोजगारी नपाउँदा दैनिक जसो विदेश जान बाध्य हुनु परेको छ । अबका उम्मेदवारले कृषि क्षेत्रका वास्तविक समस्या समाधान गर्नसक्नु पर्छ ।’

किसानका लागि सरकारले घोषणा गरेका सुविधा अधिकांश वास्तविक किसानसम्म पुग्दैन । भोक्राहा–६ का ५८ वर्षीय बिहारीराम चमारले भने , ‘पटक–पटक भोट दियौँ, तर गाउँमा भने जस्तो विकास हुन सकेन ।’ कृषि, सडक र आधारभूत सेवामा सुधार गर्नुपर्ने मुख्य प्राथमिकता छ । अबको उम्मेदवारले किसानका समस्या समाधानमा जोड दिनुपर्ने उनको भनाई छ ।

सुनसरीमा पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम छन् । जिल्लाका १२ स्थानीय तहमध्येबाट दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रोलिङ्गी मतदाता कायम छन् ।

चार निर्वाचन क्षेत्र तोकिएको जिल्लाभर जम्मा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit