Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

‘वेब समिट कतार २०२६’ मा एकमात्र नेपाली कम्पनी टिङटिङ, विश्वमञ्चमा नेपालको एआई प्रविधि प्रस्तुत

‘वेब समिट कतार २०२६’ मा एकमात्र नेपाली कम्पनी टिङटिङ, विश्वमञ्चमा नेपालको एआई प्रविधि प्रस्तुत
विज्ञापन
Advertisement

काठमाडौं । विश्वकै प्रभावशाली प्रविधि सम्मेलन ‘वेब समिट कतार २०२६’ मा नेपाली एआई कम्पनी टिङटिङले सहभागिता जनाउँदै नेपालको प्रविधि क्षमता अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेको छ। कतारको दोहामा फेब्रुअरी ४ देखि चार दिनसम्म सञ्चालन भएको उक्त सम्मेलनमा टिङटिङ नेपालको एकमात्र प्रतिनिधित्व गर्ने स्टार्टअपका रूपमा सहभागी भएको हो।

विज्ञापन
Advertisement
Advertisement

विश्वभरका प्रविधि विशेषज्ञ, उद्यमी र लगानीकर्ताहरूको ठूलो जमघट हुने वेब समिटमा सहभागी हुन हजारौँ कम्पनीबीच प्रतिस्पर्धा हुने गर्दछ। आयोजकका अनुसार १२० देशका १ हजार ६ सयभन्दा बढी स्टार्टअप सहभागी भएको यस सम्मेलनमा टिङटिङको छनोट हुनु उल्लेखनीय उपलब्धि मानिएको छ। नेपालमै विकसित ‘रिरी’ इन्जिन र स्थानीय भाषालाई बुझ्न सक्ने एआई प्रणालीका कारण कम्पनीले अन्तर्राष्ट्रिय ध्यान आकर्षित गरेको जनाएको छ।

‘नेपालमा निर्मित, विश्वका लागि’ भन्ने अवधारणासहित अघि बढिरहेको टिङटिङले स्वदेशी बजारमा बैंक, इन्टरनेट सेवा प्रदायक तथा सरकारी निकायहरूसँग काम गर्दै आफ्नो प्रविधि प्रमाणित गरिसकेको कम्पनीले जनाएको छ। सम्मेलनअन्तर्गत आयोजना गरिएको ‘स्टार्टअप शोकेस’ कार्यक्रममा कम्पनीका डाइरेक्टर अफ इन्जिनियरिङ एन्जेलिका साहले प्रस्तुति दिँदै नेपालमा विकसित एआई प्रविधिले संस्थाहरूलाई ग्राहकको आवश्यकता बुझ्न र सञ्चार व्यवस्थापन गर्न कसरी सहयोग पुर्‍याइरहेको छ भन्ने विषयमा जानकारी गराएकी थिइन्।

सम्मेलनका क्रममा टिङटिङको टोलीले विभिन्न अन्तर्राष्ट्रिय लगानीकर्ता तथा प्रविधि क्षेत्रका प्रतिनिधिहरूसँग सम्भावित सहकार्य र लगानीका विषयमा छलफल समेत गरेको जनाएको छ। कम्पनीका अनुसार यस सहभागिताले नेपाली स्टार्टअप इकोसिस्टमका लागि नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

टिङटिङ एआई–पावर बिजनेस कम्युनिकेसन सुइट हो, जसले भ्वाइस र टेक्स्टमार्फत विभिन्न सञ्चार च्यानललाई एउटै इन्टेलिजेन्ट प्रणालीमा एकीकृत गर्छ। आफ्नै ‘रिरी’ इन्जिनमार्फत नेपालीजस्ता स्थानीय भाषामा ठूलो मात्रामा संवाद व्यवस्थापन गर्न सक्षम यो प्रविधि अब अन्तर्राष्ट्रिय बजारमा विस्तार हुने तयारीमा रहेको कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit