Advertisement
Advertisement
Corporate Samachar
२० जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सनवे कलेजले ल्यायो एआई र व्यवस्थापन समेटिएको नयाँ स्नातक कार्यक्रम

सनवे कलेजले ल्यायो एआई र व्यवस्थापन समेटिएको नयाँ स्नातक कार्यक्रम
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौंको सनवे कलेजले प्रविधि र व्यवस्थापन शिक्षालाई समेटेर नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

बेलायतको बर्मिङ्घम सिटी युनिभर्सिटीसँग सम्बन्धन प्राप्त यो पाठ्यक्रम एआई, डेटा विश्लेषण, र बिजनेस इन्टेलिजेन्समा केन्द्रित रहेको जनाइएको छ।

कलेजका प्रिन्सिपल कुशल रेग्मीका अनुसार, बजारमा प्रविधि र व्यवस्थापन दुवै बुझेका जनशक्तिको माग बढेकाले कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई लक्षित गरी यो कोर्स सुरु गरिएको हो। यसमा बिजनेस इन्टेलिजेन्स, एआईको व्यावसायिक प्रयोग र डिजिटल रणनीति जस्ता विषय समावेश छन्।

यसका साथै कलेजले विद्यार्थीका लागि स्टार्टअप इन्क्युबेशन कार्यक्रम र अनुसन्धानका लागि एआई इनोभेसन सेन्टर समेत सञ्चालन गरिरहेको छ। यो कोर्स पूरा गर्ने विद्यार्थीले एआई परामर्शदाता, डेटा विश्लेषक र डिजिटल उद्यमीका रूपमा करियर बनाउन सक्नेछन्। कलेजले सीमित सिटका लागि भर्ना र छात्रवृत्ति प्रक्रिया खुला गरिसकेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit