Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

मुक्तिनाथको मोबाइल बैंकिङमा ‘सेल्फ–रिन्यु’ सुविधा, एनआईडी र प्यान पनि एपबाटै अपडेट हुने

मुक्तिनाथको मोबाइल बैंकिङमा ‘सेल्फ–रिन्यु’ सुविधा, एनआईडी र प्यान पनि एपबाटै अपडेट हुने
विज्ञापन
Advertisement

काठमाडौं। मुक्तिनाथ विकास बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई थप सहज र ग्राहकमैत्री बनाउने उद्देश्यले मोबाइल बैंकिङ एप ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ सुविधाहरू थप गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले अब ग्राहकहरूका लागि डिजिटल माध्यमबाटै सेवा नवीकरण गर्न मिल्ने ‘सेल्फ–रिन्यु’ सुविधा सुरु गरेको हो । यस नयाँ सुविधाको सुरुवातसँगै अब ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ सेवा नवीकरण (रिन्यु) गर्नका लागि बैंकको शाखा कार्यालयसम्म धाइराख्नुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ ।

ग्राहकहरूले घरमै बसेर वा आफ्नो अनुकूल समयमा निम्न प्रक्रिया अपनाई एप नवीकरण गर्न सक्नेछन् । बैंकले ‘सेल्फ–रिन्यु’ का साथै ग्राहकको सहजताका लागि अन्य महत्वपूर्ण सुविधाहरू पनि एपमै थप गरेको जनाएको छ । अब ग्राहकहरूले बैंक नगईकन आफ्नो मोबाइल एपबाटै राष्ट्रिय परिचयपत्र नम्बर, स्थायी लेखा नम्बर र इमेल पनि अपडेट गर्न सक्नेछन् ।

बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गका अनुसार डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी, आधुनिक र ग्राहकमैत्री बनाउन यी सुविधाहरू थपिएका हुन् । मुक्तिनाथ फाइदा एपमार्फत ग्राहकहरूले सुरक्षित र सहज रूपमा विभिन्न बैंकिङ सेवाहरूको लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit