Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाली भाषामा डोमेन र ईमेलका लागि यूए अडाप्टेसन ह्याकाथन

नेपाली भाषामा डोमेन र ईमेलका लागि यूए अडाप्टेसन ह्याकाथन
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली भाषा र लिपिमा आधारित इन्टरनेट डोमेन र ईमेललाई विश्वव्यापी पहुँचयोग्य बनाउने उद्देश्यका साथ काठमाडौंमा आयोजित ‘यूए अडाप्टेसन एन्ड ह्याकाथन नेपाल २०२६’सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजना तथा आईक्यान र युनेस्कोको सहकार्यमा हालै सम्पन्न यो कार्यक्रम सम्पन्न भएको हो। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ को अवसर पारेर आयोजित यस कार्यक्रमले इन्टरनेटलाई बहुभाषिक, समावेशी र सबैका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ। विशेषगरी देवनागरी लिपिमा आधारित डोमेन नेम र ईमेल ठेगानाहरूलाई विश्वका सबै इन्टरनेट प्रणालीले सहजै स्वीकार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा विज्ञहरूले जोड दिएको आयोजकले जनाएको छ।

कार्यक्रममा दुईवटा विधामा प्रतिस्पर्धा गराइएको थियो, जसअनुसार प्राविधिक विधामा ‘टिम एभरेष्ट’ प्रथम भएको छ । यो समुहका निराजन पराजुली, एन्जेला न्यौपाने, रौनक रेग्मी, भुवन जोशी, आवरण ढुङ्गाना र बिनी चन्द सम्मिलित यो टोलीले देवनागरी लिपिमा आधारित ईमेल ठेगाना सिर्जना गर्ने र प्रयोग गर्न सकिने अत्याधुनिक प्रणालीको विकास गरेकामा उनीहरुलाई सम्मान गरिएको हो । गैह्र–प्राविधिक विधातर्फ अमरेश शाह, विजय रेग्मी, दक्षिणा पाण्डे र कुमकुम सर्राफको टोली प्रथम भयो। यस टोलीले युनिभर्सल एक्सेप्टेन्सको अवधारणालाई तल्लो तहसम्म पुर्‍याउन ‘नीतिगत तथा चेतनामूलक योजना’ को उत्कृष्ट खाका प्रस्तुत गरेका थिए ।

कार्यक्रममा क्यान महासंघ अध्यक्ष सुनैना घिमिरे पाण्डेले यो ह्याकाथन नेपालको डिजिटल पूर्वाधारलाई बहुभाषिक र समावेशी बनाउने एउटा ऐतिहासिक कदम भएको बताइन् । यसैगरी, आईक्यान उपाध्यक्ष समिरन गुप्ता ले आफ्नै रैथाने लिपि वा भाषामा इन्टरनेटको पूर्ण उपयोग गर्न पाउनु नागरिकको अधिकार भएको उल्लेख गर्दै यसले मात्र डिजिटल खाडल पुर्न सक्ने धारणा राखे । यसैगरी, दूरसञ्चार प्राधिकरणका उपनिर्देशक ई. रोजा किरण बासुकलाले डिजिटल नेपाल फ्रेमवर्कलाई सफल बनाउन यस्ता प्राविधिक रूपान्तरणहरू अपरिहार्य भएको बताए । कार्यक्रममा युनेस्को प्रतिनिधि जाको दु तोइले प्रविधिमा मातृभाषाको प्रयोगले मानिसहरूलाई सशक्त बनाउनुका साथै पहिचानको संरक्षण पनि गर्नेमा जोड दिइन् ।

क्यान महासंघले यसअघि नै नेपाली लिपिमा आधारित आफ्नो आधिकारिक पोर्टल  क्यान संगठन सञ्चालनमा ल्याइसकेको छ। कार्यक्रम संयोजक उदिप बरालका अनुसार, यस अभियानले नेपालको डिजिटल समावेशीकरणमा कोशेढुङ्गा थप्नेछ। ह्याकाथनको प्राविधिक सत्रको नेतृत्व विवेक सिल्वालले गरेका थिए भने प्रशिक्षक राहुल शाक्यले सहभागीहरूलाई मार्गदर्शन प्रदान गरेका थिए।

एप्निक, वर्ल्डलिङ्क, आईस्पान, सनवे कलेज र सफ्टवारिका कलेज लगायतका संस्थाहरूको सहयोगमा सम्पन्न यस कार्यक्रममा देशभरका सफ्टवेयर डेभलपर, विद्यार्थी र प्रविधि प्रेमीहरूको भौतिक तथा अनलाइन उपस्थिति रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit