Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सानिमा माई हाइड्रोपावरको नाफा घट्यो,प्रतिशेयर आम्दानी कति?

सानिमा माई हाइड्रोपावरको नाफा घट्यो,प्रतिशेयर आम्दानी कति?
विज्ञापन
Advertisement

 काठमाडाैं । सानीमा माई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सार्वजनिक प्रतिवेदन अनुसार कम्पनीको खुद नाफा ५३.३३ प्रतिशतले घटेर १२ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ। गत वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

प्रतिवेदनअनुसार कम्पनीको चुक्ता पुँजी १० प्रतिशतले बढेर ३ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ भने जगेडा तथा सञ्चित नाफा १४.६७ प्रतिशतले घटेर १ अर्ब १७ करोड रुपैयाँमा झरेको छ।

कम्पनीको सम्पत्ति, प्लान्ट तथा उपकरणको मूल्य २।४३ प्रतिशतले घट्दै १ करोड २१ लाख रुपैयाँ कायम भएको छ। समीक्षा अवधिमा कम्पनीले कुल ३ अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी गरेको जनाएको छ।

विद्युत् बिक्रीबाट हुने आम्दानी ४५.८१ प्रतिशतले घटेर २२ करोड २ लाख रुपैयाँमा झरेपछि वार्षिकीकृत प्रतिशेयर आम्दानी पनि घटेर ६ रुपैयाँ ७२ पैसा कायम भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १५ रुपैयाँ ८४ पैसा थियो। त्यस्तै, प्रतिशेयर नेटवर्थ ११.१९ प्रतिशतले घटेर १६९ रुपैयाँमा सीमित भएको छ।

कम्पनीको मूल्य आम्दानी अनुपात ८२.१३ गुणा कायम हुँदा त्रैमासिक अन्त्यमा सेयर मूल्य ५५२ रुपैयाँ प्रतिकित्ता रहेको कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit