Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सामसुङले ल्यायो नयाँ ग्यालेक्सी स्मार्टफोनका लागि विशेष “Hand Raiser” प्रि–रिजर्भ अफर

सामसुङले ल्यायो नयाँ ग्यालेक्सी स्मार्टफोनका लागि विशेष “Hand Raiser” प्रि–रिजर्भ अफर
विज्ञापन
Advertisement

काठमाडौं । Samsung ले आफ्नो आगामी Galaxy स्मार्टफोनको आधिकारिक लन्चअघि नै ग्राहकहरूका लागि विशेष “Hand Raiser” (Pre-Reserve) अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले नयाँ Galaxy स्मार्टफोन अग्रिम बुकिङ गरी अधिकतम रु. २०,९९९ सम्मका विशेष लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

प्रारम्भिक ग्राहक तथा ब्रान्डप्रति निष्ठावान प्रयोगकर्तालाई लक्षित गर्दै ल्याइएको यो सीमित अवधिको योजना अन्तर्गत ग्राहकहरूले आफ्नो योग्य पुरानो स्मार्टफोन साटेर नयाँ डिभाइस प्रि–रिजर्भ गर्न सक्नेछन्। प्रि–रिजर्भ गर्ने ग्राहकहरूले १TB सम्मको मेमोरी अपग्रेड, जसको मूल्य रु. १५,००० सम्म बराबर छ, साथै रु. ५,९९९ सम्म बराबरको 60W फास्ट चार्जर प्राप्त गर्न सक्नेछन्।

यो एक्सचेन्ज सुविधा ग्यालेक्सी S23, S24 तथा S25 सिरिजका स्मार्टफोनका साथै iDevice 14, 15 र 16 प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ। Hand Raiser अफर २०२६ फेब्रुअरी २३ देखि २६ गतेसम्म मात्र मान्य रहनेछ। यस अवधिमा ग्राहकहरूले दर्ता प्रक्रिया पूरा गरी आफ्नो योग्य डिभाइस एक्सचेन्ज गर्दै नयाँ AI–Powered स्मार्टफोन स्मार्ट मूल्यमा प्रि–रिजर्भ गर्न सक्नेछन्।

यस अवसरबारे सामसङ MX डिभिजनका डाइरेक्टर प्रणय रत्न स्थापितले Hand Raiser अफरमार्फत निष्ठावान ग्राहकहरूलाई प्रतिफल दिन चाहेको बताउँदै नयाँ इनोभेसनमा अपग्रेड गर्दा प्रारम्भिक पहुँच र थप मूल्य प्रदान गर्नु कम्पनीको उद्देश्य रहेको उल्लेख गरे। उनका अनुसार यो कार्यक्रम नेपालका उपभोक्तालाई स्मार्ट प्रविधि, अर्थपूर्ण लाभ तथा सहज अपग्रेड अनुभव प्रदान गर्ने प्रतिबद्धताको प्रतिविम्ब हो।

ग्राहकहरूले samsungcampaigns.com मा गई Hand Raiser अफर चयन गरी आफ्नो विवरण बुझाएर तथा एक्सचेन्ज दर्ता प्रक्रिया पूरा गरेर प्रि–रिजर्भेशन सुनिश्चित गर्न सक्नेछन्। यसका लागि ग्राहकले वेबसाइटमा गई Register Now मा क्लिक गरी आफ्नो मनपर्ने रिटेलर छनोट गर्नुपर्नेछ। त्यसपछि किन्ने डिभाइस भेरियन्ट र एक्सचेन्ज गर्न चाहेको डिभाइसको विवरण भरी सबमिट गर्नुपर्नेछ। प्रि–कन्डिसनहरू निरीक्षण गरी आफ्नो हालको डिभाइसको अवस्था पुष्टि गरेपछि अफर लाइभ भएपछि पुनः वेबसाइटमा गई प्राप्त OTP प्रविष्ट गर्नुपर्नेछ। त्यसपश्चात प्रि–अर्डर फारम पूरा गरी सबमिट गरेपछि अर्को OTP प्राप्त हुनेछ र नयाँ Galaxy स्मार्टफोन उपलब्ध भएपछि चयन गरिएको रिटेलरमा OTP सहित गई डिभाइस प्राप्त गर्न सकिनेछ।

यसका साथै Samsung का अधिकृत स्टोरहरूमा उपलब्ध Hulas Finserve Hire Purchase Ltd. द्वारा सञ्चालित Samsung InstaFinance सेवामार्फत ग्राहकहरूले ०% ब्याज, ०% डाउन पेमेन्ट र २४ महिनासम्मको किस्ता अवधिसहित सहज EMI सुविधामा नयाँ Galaxy स्मार्टफोन खरिद गर्न सक्नेछन्। यस प्रक्रियाका लागि केवल नागरिकता प्रमाणपत्र आवश्यक पर्ने कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit