Advertisement
Advertisement
Corporate Samachar
२८ भाद्र २०८३, आईतवार
Advertisement

कामना सेवा विकास बैंकले १५.७८ प्रतिशत लाभांश वितरण गर्ने

कामना सेवा विकास बैंकले १५.७८ प्रतिशत लाभांश वितरण गर्ने
विज्ञापन
Advertisement

काठमाडौं । कामना सेवा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न सभाले १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सभाले लेखा परीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विभिन्न प्रतिवेदन पारित गरेको छ ।

नयाँ सञ्चालक समिति गठन

सभाले आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति समेत गठन गरेको छ । नयाँ समितिमा संस्थापक समूहबाट सुदीप आचार्य, भीमप्रसाद तुलाचन र चतुराखर अधिकारी तथा सर्वसाधारण समूहबाट बलराम बराल, विश्वेश्वर सुवेदी र डा। पवनकुमार शर्मा निर्विरोध रूपमा सञ्चालक पदमा निर्वाचित भएका छन् ।

यस्तै सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षणका लागि एन.बी.एस.एम एण्ड एसोसिएट्सलाई लेखा परीक्षक नियुक्त गर्ने प्रस्तावलाई पारित गरेको छ। कार्यक्रममा सीईओ थकालीले बैंक निरन्तर रूपमा दोहोरो अंकमा लाभांश वितरण गर्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा संस्थालाई अझ दिगो र प्रतिस्पर्धी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit