Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

श्रेष्ठ टेलरिङ्ग सेन्टरले मनायो आफ्नो ५० औं वार्षिकोत्सव

श्रेष्ठ टेलरिङ्ग सेन्टरले मनायो आफ्नो ५० औं वार्षिकोत्सव
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको सर्टिङ्ग सुटिङ्ग र टेलरिङ्गको क्षेत्रमा पहिलो आई। एस. ओ मान्यता प्राप्त श्रेष्ठ टेलरिङ्ग सेन्टरले आफ्नो ५० औं वार्षिकोत्सव मनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

वि.सं २०३१ सालमा स्थापना भएको श्रेष्ठ टेलरिङ्ग सेन्टरले शनिबार ५० औं वार्षिकोत्सव मनाएको हो ।
श्रेष्ठ टेलरिङ्ग सेन्टरले अराधना कम्पलेक्स बागबजारमा मुख्य व्यपारीक शोरुम सहित मैतीदेवी, चावहिल, त्रिपुरेश्वर, चुच्चेपाटी, धुम्वाराहीलगायतका स्थानमा शाखा खोलेर ग्राहकलाइ सेवा दिँदै आएको संस्थापक बाबु काजी श्रेष्ठले जानकारी दिए । बढ्दो बेरोजगारी समस्यालाई केही हदसम्म समाधान गर्नेतर्फ पनि श्रेष्ठ टेलरिङ्ग सेन्टरले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए ।
‘४० जना कर्मचारीलाई प्रत्यक्ष रोजगारी र ६० जनालाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगार सिर्जना गरिएको छ भने देशको अर्थतन्त्रलाई मजबुत बनाउने र कर बृद्धिमा हामीले पुरÞ्याएको योगदान सवैसामु छर्लङ्ग नै छ,’ उनले भने ।

५० औं वार्षिकोत्सवका अवसरमा प्रत्येक ग्राहकहरुका लागि स्क्रयाच कुपनमार्फत् हात खाली नजाने गरी सुटपिस, कोट पिस, पाइन्ट पिस, ज्वारीकोट पिस, कुर्ता पिस, भित्ते घडी, ब्राण्डेड मोजा, दौरा–सुरुवाल र नगद रु. २०० देखि १ हजारसम्मको गिफ्ट भौचरको व्यवस्था समेत गरेको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit