काठमाडौं । नेपालको अग्रणी अनलाइन यात्रा सेवा प्रदायक सस्तो टिकेट्स डटकमले अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त प्रिमियम लगेज ब्रान्ड स्विस मिलिट्रीसँग सहकार्य गरेको छ।
नेपाली यात्रुहरूको यात्रा अनुभवलाई अझ सहज र विशेष बनाउने हेतु भएको उक्त सहकार्यको सम्झौताले सस्तो टिकेट्समार्फत हवाई टिकट बुक गर्ने यात्रुहरूलाई स्विस मिलिट्रीका लगेज तथा झोलामा ४० प्रतिशतसम्म छुट प्राप्त हुनेछ। टिकट बुक गरेपछि यात्रुहरूलाई छुट प्राप्त गर्न आवश्यक विशेष लिङ्क वा क्युआर कोड इमेलमार्फत प्राप्त हुने र सो प्रयोग गरी स्विस मिलिट्रीको प्रिमियम सामान किफायती मूल्यमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
स्विस मिलिट्री विश्वभर टिकाउ र स्टाइलिश ट्राभल गियरको लागि परिचित ब्रान्ड हो । यसले हालै नेपालमा आफ्नो आयात र वितरण कार्य सुरु गरेको छ। कम्पनीले आफ्ना उत्पादनमा १० वर्षको वारेन्टी प्रदान गर्दै आएको छ। स्विस मिलिट्री नेपालका प्रतिनिधि वासु सर्राफले नेपालको प्रमुख अनलाइन ट्राभल एजेन्सी सस्तो टिकेट्ससँग सहकार्य गर्न पाउँदा उत्साहित भएको बताए। यस्तै, सस्तो टिकेट्सका मार्केटिङ प्रमुख विशाल दाहालले सहकार्यप्रति खुसी व्यक्त गर्दै सधैं नेपाली यात्रुहरूलाई सस्तो, सहज र भरपर्दो सेवा दिन प्रतिबद्ध रहेको बताए ।
दुबै कम्पनीले नेपालको ट्राभल तथा ई–कमर्स क्षेत्रमा यस्तो सहकार्य पहिलो पटक भएको जनाउँदै यसले उत्कृष्ट उत्पादनलाई सहज अनलाइन बुकिङगसँग जोड्ने नयाँ अभ्यास सुरु गरेको बताएका छन् ।

















प्रतिक्रिया दिनुहोस्