images images images
images images images
images
images
images

लगानीमैत्री वातावरणका लागि निजी क्षेत्रको एउटै आवाज हुनुपर्नेमा अध्यक्ष ढकालको जोड

images

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार ललितपुर उद्योग वाणिज्य संघको ५९औँ स्थापना दिवसमा उनले संस्थागत एकता र निजी क्षेत्रको सशक्त आवाजका लागि आपसी सहमति अपरिहार्य रहेको बताएका हुन् ।

अध्यक्ष ढकालले महासंघ निजी क्षेत्रको साझा संस्था भएकाले चुनावी प्रतिस्पर्धाभन्दा सहमति र सहकार्यबाट नेतृत्व छानिए संस्था थप प्रभावकारी हुने तर्क राखे।

images

यस्तै, उनले ललितपुरलाई मौलिक उत्पादनको सहरका रूपमा विकास गर्न, उत्पादनको गुणस्तर सुधार्न र निर्यात बढाउन प्रविधिको प्रयोग र बजार विस्तार आवश्यक रहेको धारणा राखे । अध्यक्ष ढकालले भने–‘यहाँका परम्परागत सीप, कला र स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न सके निर्यात वृद्धि गर्ने ठूलो सम्भावना रहेको छ। तर मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न गुणस्तरसँगै परिमाण पनि बढाउनुपर्छ ।’ उत्पादनदेखि बजारसम्मको श्रृंखला मजबुत बनाउन स्थानीय तह, निजी क्षेत्र र सरकारबीच समन्वय हुनुपर्ने उनको भनाइ छ।

देशमा लगानीमैत्री वातावरणका लागि सरल कर प्रणाली, पूर्वाधार विकास र प्रशासनिक झन्झट हटाउनुपर्नेमा उनको जोड छ। ढकालले जिल्ला र नगरस्तरका सुझाव समेटेर महासंघको विधान संशोधन गरिएको र यसबाट महिला उद्यमी तथा जिल्ला नगरको प्रतिनिधित्व थप सुदृढ हुने विश्वास व्यक्त गरे । निजी क्षेत्रको आवाजलाई राज्यले गम्भीरतापूर्वक सुनोस् भन्नका लागि महासंघको एउटै स्वर हुन आवश्यक रहेको पनि ढकालको भनाइ छ ।

images
images

प्रतिक्रिया दिनुहोस्