Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

‘सोझो भनेर उल्लिबिल्लि नगर्नुस्, संसद्मा बोल्न र काम गर्न सिक्दैछु’

‘सोझो भनेर उल्लिबिल्लि नगर्नुस्, संसद्मा बोल्न र काम गर्न सिक्दैछु’
विज्ञापन
Advertisement

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसदहरूले आफ्नो मुख्य भूमिकालाई संसद्मा बोल्ने मात्र नभई ठोस परिणाम दिने गरी काम गर्नेमा रहने बताएका छन्। ललितपुरको ग्वार्कोमा आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रमको दोस्रो दिन आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनीहरूले सुशासन, नीति निर्माण र पुरानो बेथिति अन्त्यका लागि आफूहरू प्रतिबद्ध रहेको बताएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

भाषण होइन, काम र थिति बसाल्ने संकल्प

सांसद आशिका तामाङले सांसदको जिम्मेवारी भाषणमा मात्र सीमित नरहेको उल्लेख गरिन् । जनताले ठूलो विश्वासका साथ जिताएको स्मरण गर्दै उनले भनिन्, ‘बोल्दैमा मात्रै विकास र सुशासन सम्भव छैन । हामी पुरानो बेथिति अन्त्य गरी नयाँ थिति बसाल्न आएका हौं।’ आफूलाई ‘बोल्न आउँदैन’ भन्नेहरूलाई जवाफ दिँदै उनले संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारे अभिमुखीकरणबाट धेरै कुरा सिकेको र अब जिम्मेवार भएर अघि बढ्ने बताइन् । ‘सोझो रुखलाई छानीछानी काटिन्छ भनेजस्तो सोझो तामाङको छोरीलाई धेरै उल्लिबिल्लि बनाइरहनुभएको छ,आशिका तामाङलाई बोल्न आउँदैन भनेर’ उनले थपिन ‘त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु, तपाईंहरूसँग राम्रोसँग बोल्नका लागि ।’

विज्ञताको प्रयोग र निरन्तर सिकाई
अर्का सांसद सागर ढकालले आफूहरू सबै विषयका ज्ञाता नभए पनि प्रत्येक सांसदको आ–आफ्नो क्षेत्रमा विज्ञता रहेको स्पष्ट पारे। ‘हामी सबै कुरा जान्ने छौं भन्ने होइन, तर हामी सिक्दैछौँ र देशका समस्या पहिचान गर्ने प्रयास गरिरहेका छौं,’उनले भने’ हामी सबैको विज्ञता आ –आफ्नो क्षेत्रमा छ।’ उनले अभिमुखीकरण कार्यक्रममार्फत संसदीय अभ्यास सिक्दै देशका समस्या पहिचान गर्ने प्रयास भइरहेको जानकारी दिए । त्यस्तै, सांसद सुम्निमा उदासले रास्वपाका सांसदहरूमाथि अहिले सबैको नजर (लेन्स) परेको भन्दै सार्वजनिक छवि र क्रियाकलापमा सचेत रहनुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘हामी अब पब्लिक फिगर भयौं, त्यसैले बोल्नेदेखि गरिने व्यवहारसम्म जिम्मेवार हुनुपर्छ भन्ने कुरा अभिमुखीकरणमा सिकाइएको छ ।’

नीति निर्माण र सुशासन प्राथमिकतामा
सांसद सुलभ खरेलले रास्वपाले अपेक्षाभन्दा बढी जनसमर्थन पाएकाले थप जिम्मेवारी महसुस गरेको बताए । उनले विगतका दलहरूभन्दा फरक नतिजा दिनका लागि नीति तथा कानुन निर्माणमा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हरि ढकालले पनि सुशासनका एजेन्डामा काम गर्न आफूहरू उत्साहित रहेको बताए। त्यसका लागि जरैबाट काम गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘मुहान सफा भएपछि मात्र तलसम्म सङ्लो हुन्छ।’ अबको ५ वर्ष पूर्ण रूपमा जनअपेक्षा पूरा गर्न केन्द्रित हुने उनको भनाइ थियो ।

पार्टीले गरेको दुई दिने अभिमुखीकरण कार्यक्रमले विशेष गरी पहिलो पटक संसद्मा प्रवेश गर्न लागेका नयाँ सांसदहरूलाई संसदीय अभ्यास, कानुन निर्माणको प्रक्रिया र सार्वजनिक मर्यादाका बारेमा स्पष्ट पारेको सांसदहरूले बताएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit