Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

एयर डाइनेष्टी दुर्घटना अपडेट : घाइतेको अर्को हेलिकप्टरबाट उद्धार

एयर डाइनेष्टी दुर्घटना अपडेट : घाइतेको अर्को हेलिकप्टरबाट उद्धार
विज्ञापन
Advertisement

काठमाडौं । खोटाङमा दुर्घटनामा परेको एयर डाइनेष्टीको हेलिकप्टरमा घाइते भएकाहरूको उद्धार गरिएको छ। नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाँच जना यात्रु बोकेर उडेको हेलिकप्टर अवतरण गर्ने क्रममा ११ बजेर ५५ मिनेटमा दुर्घटनामा परेको हो ।

विज्ञापन
Advertisement
Advertisement

हेलिकप्टरमा नागमणि राई सहित उनका छोरा, छोरी र आफन्त सवार थिए । नागमणिको श्रीमती मनमछी राईको यूकेमा मृत्यु भएपछि अन्तिम संस्कारका लागि उनको परिवार नेपाल आएका थिए । तर, शवलाई सडकमार्गबाट पठाएर परिवारका सदस्य हेलिकप्टरबाट गएका थिए ।

बिहान ११ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको ‘नाइन एन–एएफक्यु’ होलिकोप्टर खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालबेसीमा दुर्घटना भएको थियो ।

सूचना अधिकारी भुलका अनुसार दुर्घटनामा परी पाइलटसहित छ जना सामान्य घाइते भएका छन्। घाइतेलाई अर्को हेलिकप्टरद्वारा उद्धार गरी काठमाडौं ल्याइएको उनले जानकारी दिए ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit