Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण

शिक्षामन्त्री पोखरेलद्वारा पदभार ग्रहण
विज्ञापन
Advertisement

काठमाडौ: नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मीत पोखरेलले आज सिंहदरबारमा पदभार ग्रहण गर्नुभएको छ ।

विज्ञापन
Advertisement
Advertisement

मन्त्री पोखरेलले जनताबाट प्राप्त मतप्रति आफूहरू अत्यन्त संवेदनशील रहेको बताउँदै आगामी पाँच वर्षभित्र पार्टीले गरेका प्रतिबद्धता पूरा गर्ने लक्ष्यसहित काम गर्ने बताए । उनले मतदाताको विश्वासलाई जिम्मेवारीका रूपमा लिएको उल्लेख गरे । “हामीले पाएको मतलाई केवल समर्थन होइन, जिम्मेवारीका रूपमा बुझेका छौँ,” उनले भने ।

शिक्षा क्षेत्र सुधारका सन्दर्भमा मन्त्री पोखरेलले काठमाडौँ महानगरपालिकामा लागू गरिएका सफल कार्यक्रमलाई राष्ट्रियस्तरमा विस्तार गर्ने योजना रहेको बताए । उनले शिक्षकको क्षमता अभिवृद्धि, विद्यालय पूर्वाधार सुधार, नतिजामुखी कार्यक्रम सञ्चालन तथा छात्रवृत्तिलाई पारदर्शी र व्यवस्थित बनाउने कार्यलाई प्राथमिकता दिइने उल्लेख गरे ।

मन्त्री पोखरेलले सानै उमेरदेखि सूचना प्रविधि, एआई, स्वास्थ्य र खेलकुदलाई शिक्षासँग जोड्ने नीति ल्याइने जानकारी दिए । खेलकुद क्षेत्रबारे बोल्दै उनले दीर्घकालीन सुधारका लागि सानो उमेरदेखि नै खेलाडीलाई उचित प्रशिक्षण र पोषण उपलब्ध गराउने योजना अघि सार्ने बताए । हाल सुरक्षा निकायमा आधारित खेलाडी उत्पादनको प्रवृत्तिलाई परिवर्तन गर्दै विद्यालय तहदेखि नै खेलकुद विकास गरिने उनले स्पष्ट पारे ।

खेलकुद र शिक्षा क्षेत्रमा बढ्दो राजनीतिकरणप्रति चिन्ता व्यक्त गर्दै मन्त्री पोखरेलले यसलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “जहाँ राजनीति आवश्यक छ त्यहाँ भइरहेको छैन, जहाँ आवश्यक छैन त्यहाँ भइरहेको छ, अब सम्बन्धित क्षेत्रमा विज्ञ र अनुभवी व्यक्तिलाई जिम्मेवारी दिने नीति अवलम्बन गरिनेछ ।”

मन्त्री पोखरेलले आधुनिक प्रविधि र विश्वव्यापी परिवर्तनलाई ध्यानमा राख्दै नेपालको शिक्षा र खेलकुद क्षेत्रलाई प्रतिस्पर्धी, व्यवस्थित र परिणाममुखी बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit