काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामान्य घट्दा चाँदीको मोल बढेको छ।आइतबार तोलामा साढे २० हजार रूपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १० हजार नौ सय रूपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबार दिन (आइतबार) सुन प्रतितोला तीन लाख ११ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार प्रतितोला पाँच हजार तीन सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार तोलामा पाँच हजार तीन सय ५५ रूपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बबढी हो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

















प्रतिक्रिया दिनुहोस्