Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

करोडको ईभी चढ्नेलाई कर बढाउँदा फरक पर्दैन, ५० लाखमुनिका गाडीको मूल्य घट्छ: अर्थमन्त्री वाग्ले

करोडको ईभी चढ्नेलाई कर बढाउँदा फरक पर्दैन, ५० लाखमुनिका गाडीको मूल्य घट्छ: अर्थमन्त्री वाग्ले
विज्ञापन
Advertisement

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५० लाख रुपैयाँसम्मका सवारी साधनको मूल्य घट्ने दाबी गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आज आयोजित बजेटपछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षको बजेटमार्फत विलासी गाडीमा मात्रै कर बढाइएको स्पष्ट पारे।

विद्युतीय सवारी साधन (ईभी) को कर नीतिबारे चर्चा गर्दै अर्थमन्त्री वाग्लेले केही वर्षअघिसम्म ईभीको प्रयोग (पेनेट्रेसन) बढाउन सरकारले धेरै छुट दिएको उल्लेख गरे । तर, बजारको वर्तमान अवस्था र आवश्यकतालाई हेरेर अहिले करको दरमा केही परिमार्जन गरिएको उनको भनाइ छ।‘अहिले १ करोड रुपैयाँसम्मका विद्युतीय गाडी चढेर हिँड्नु विलासिता हो। यो कुरा सबैले स्वीकार गर्नुपर्छ,’अर्थमन्त्री वाग्लेले भने, ‘प्रधानमन्त्रीको निर्देशन पनि ५० लाख मुनिका गाडीमा कर नबढाउने नै थियो। ५० लाख माथिका विलासी गाडीमा कर बढाउँदा सर्वसाधारणलाई खासै फरक पर्दैन।’

यसअघि मोटरको क्षमता (किलोवाट) का आधारमा गाडी भित्र्याउँदा प्राविधिक अस्पष्टताका कारण महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाउने गरेको र त्यसले अटो व्यवसायीहरू तनावमा रहेको अर्थमन्त्रीले उल्लेख गरे। यसपटक किलोवाटको सट्टा गाडीको मूल्य वा भन्सार मूल्यका आधारमा कर निर्धारण गरिएकाले अटो व्यवसायीहरूले समेत राहत महसुस गरेको उनले दाबी गरे।

यसका साथै उनले विद्युतीय गाडी पूर्ण रूपमा स्वच्छ ऊर्जामा मात्र नभएको टिप्पणी गरे। ईभीको प्रयोग बढेसँगै भविष्यमा आउने ब्याट्री व्यवस्थापनको विषय निकै पेचिलो र चुनौतीपूर्ण बन्दै गएको तर्फ उनले सचेत गराए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit